विपन्न विद्यार्थीलाई स्वीटर वितरण
पाल्पा । पाल्पा प्यारागन बोडिङ्ग स्कूलको जुनियर रेडक्रस सर्कलले गरिब, दलित विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । सर्कलले रिब्दीको गाउँपालिका ८ मा रहेको सोमहर आधारभूत विद्यालयका ४२ जना विपन्न, दलित परिवारका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका बीच स्वीटर वितरण गरेको हो ।
वितरण कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा ८ का वडा सदस्य चक्रबहादुर कँुवरले सर्कलमा आवद्ध विद्यार्थीहरुले सेवा नै धर्म हो भन्ने भावनालाई मनन् गर्दै विपन्न विद्यार्थीलाई स्वीटर वितरण गरेकोमा धन्यवाद दिए । उनले विद्यार्थीहरुले देखाएको सेवा भावनाको अन्य विद्यार्थी र संघसस्थाले पनि अनुसरण गर्नु पर्ने बताए ।
सोमहर आधारभूत विद्यालयका प्रअ हरिबहादुर कँुवरले विद्यार्थीहरुले देखाएको सहयोगि भावनाको प्रशंसा गर्दै सानो सहयोगले विपन्न विद्यार्थीहरुलाई राहत मिल्ने बताए । पाल्पा प्यारागन बोडिङ्गका अध्यक्ष ताराबहादुर कँवरले विद्यालयले रचनात्मक कामहरु गर्दै आएको बताए । उनले विद्यार्थीहरु स्वतस्फूर्त रुपमा सेवामा समर्पित रहेको समेत जानकारी दिए ।
प्यारागनका प्रिन्सिपल गंगाबहादुर खत्रीले विद्यार्थीहरु शैक्षिक क्षेत्रमा अब्बल हुनुको साथै सर्कल मार्फ सहयोगि बनेको बताए । विद्यालयका अतिरिक्त क्रियाकलापमा समेत नेतृत्व गर्दै आए विद्यार्थीहरु सामाजिक काम समेत अग्रसर रहेको प्रिन्सिपल खत्रीले जानकारी दिए ।
स्वागत मन्तव्य व्यक्त गदै जूनियर रेडक्रस सर्कलकी उपाध्यक्ष सञ्जीवनी दर्लामीले विद्यालयका रचनात्मक क्रियाकलापका कारणले आफूहरु यस्तो कार्यक्रम गर्न प्रेरित भएको बताइन् । उनले यस्ता खालका रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै जाने पनि जानकारी दिइन् । कार्यक्रम जु।रे.स का अध्यक्ष ज्ञान सोमैको अध्यक्षता सञ्चालन पाल्पा प्यारागन इ.बो स्कूलकी विद्यार्थी प्रियंका कँवरले गरेकी थिइन् ।