प्रधानमन्त्री र राजपा नेताहरूबीच वार्ता सुरू
काठमाडौं- सरकारलाई दिएको समर्थन र संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरूबीच सोमबार वार्ता सुरू भएको छ।
संविधान संशोधनको वाचा गरेकाले केपी शर्मा ओली सरकारलाई समर्थन दिए पनि उक्त वाचा पूरा नभएको भन्दै राजपाले समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।
महन्थ ठाकुर हटेर राजेन्द्र महतो राजपा अध्यक्ष मण्डलको नेता बनेपछि पहिलो पटक प्रधानमन्त्री र राजपा नेताहरूबीच वार्ता भएको हो।