चिदिका-रुपन्देही सम्पर्क समाजद्वारा एम्बुलेन्स प्रदान

तिलोत्तमा -अर्घाखाँचीको छत्रदेव-१ चिदिकाबाट रुपन्देही आइ बसोबास गरेकाहरुले आफ्नो गाउँलाई एम्बुलेन्स प्रदान गरेका छन् ।

चिदिका-रुपन्देही सम्पर्क समाजले गाउँमै पुगेर एम्बुलेन्स हस्तान्तरण गरेको हो । छत्रदेव गाउँपालिका वडा नम्बर एकको वडा कार्यालयमा एक समारोहका बीच एम्बुलेन्स प्रदान गरिएको समाजका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए ।

उनले आफूहरु विभिन्न कामको शिलशिलामा रुपन्देहीमा रहेपनि गाउँको सेवामा सधै लाग्ने बताए । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सम्पर्क समाज रुपन्देहीका पदाधिधकारी, सल्लाहकार एवं शुभेच्छुकहरु सहभागी थिए ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोखरेलले समाजले उदहारणीय काम गरेको भन्दै अव गम्भीर बिरामीहरुको स्वास्थ्य उपचारका लागि एम्बुलेन्स प्रयोग गर्न सकिनेको यसबाट फाईदा लिन स्थानीयबासीलाई आग्रह गरे ।
छत्रदेव गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रकाशराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख तुलसादेवी श्रेष्ठ, समाजका सचिव इश्वरी ज्ञवाली, सल्लाहकार हाजी सम्शुद्धिन मियाँ, केशव पन्थी, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्णबहादुर ज्ञवाली, नेकपा जिल्ला सदस्य प्रकाश ज्ञवाली, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त, केशव पन्थी, अर्जुन ज्ञवाली, वडा नम्बर ६ का अध्यक्ष कमल पौडेल, सामाजिक परिचालक शारदा पन्थी, बद्रि घिमिरे, यमलाल पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा गाउँपालिकाले सम्पर्क समाजका पदाधिकारी, सदस्य एवं सल्लाहकारलाई सम्मान गरेको थियो ।