दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने-प्रधानमन्त्री ओली
काठमाडौँ- धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे ।
२०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ ।धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए ।
उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताए। अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।