नेकपाको तिलोत्तमा र बुटवल नगर कमिटीमा को को परे ?

बुटवल । प्रदेश ५ का १ सय ९ वटा स्थानिय तहहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलो पटक रुपन्देहीको तिलोत्तमा नगर कमिटीमा पुर्णता पाई सकेको छ भने दोश्रो पटक बुटवल उप महानगरपालिकाले पुर्णता पाएको छ ।
तिलोत्तमामा सचिव लक्ष्मण खनाल सहित ८१ सदस्यीय नगर कमिटी प्रदेश मै पहिलो पटक गठन भई सकेको त्यस नगर कमिटीका अध्यक्ष मोहनप्रसाद चापागाईले जानकारी दिए । त्यस्तै सोमबार बुटवलमा सम्पन्न नेकपाको बैठकले बुटवल उपमहानगर कमिटीलाई १ सय १ सदस्यीय बनाउँदै पुर्णता दिएको छ । नगर कमिटी अध्यक्षमा बाबुुराम पन्थी र सचिव नारायण बञ्जाडे सर्वसम्मत चयन भएका छन् ।
बुटवलको सुख्खानगरमा रहेको पुष्पलाल स्मृति भवनमा भएको बैठकमा प्रमुख अतिथी केन्द्रीय सदस्य लिला गिरीले नवगठित कमिटीलाई सपथ ग्रहण गराएका थिए ।
बैठकले नगर कमिटी सदस्य बालकृष्ण पाण्डेलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ भने हाललाई अध्यक्ष, सचिव र कार्यालय सचिव गरी ३ सदस्यीय कार्यालय समेत गठन गरेको छ ।


बैठकमा नेकपाका केन्द्रीय सदस्य दधिराम न्यौपाने, एकराज बिश्वकर्मा, प्रदेश कमिटी सदस्यहरु बलराम अधिकारी, गोपाल भट्टराई, शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, निर्मल जि.सी., अनुप बराल, सावित्रा अर्याल लगायतले बोल्दै समृद्धि, सामाजिक न्याय र समाजवादतर्फको यात्राको नेतृत्व गर्ने ऐतिहासिक अवसरको सिर्जना गर्नु युगीन महत्वको उपलब्धी भएको बताएका थिए ।
एकतावद्ध कम्युनिस्ट पार्टी, सबै तहमा कम्युनिस्ट पार्टीको नेतृत्वमा बलियो सरकार, सबै तहमा कम्युनिस्ट पार्टीको वर्चश्व र सवल नेतृत्वको चाहना साकार भएको नेताहरुको भनाई थियो । तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईले भने ८१ सदस्यीय नगर कमिटीको नामावली पठाएका छन् । त्यस नामावलीको ७६ नम्वरमा सरस्वती अर्याल हुनु पर्नेमा अन्यथा भएको समेत अध्यक्ष चापागाईले जानकारी दिएका छन् ।