सत्यवती खैैरेनी महोत्सव सुरुः तामझाममा खर्च कटौती
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा प्रथम सत्यवती खैरेनी महोत्सव विहिवारदेखि सुरु भएको छ । त्यस मेला यस अर्थमा पृथक बनेको छ कि , महँङ्गो महँङ्गो खादामा गरिने खर्च कटौती गरियो र स्थानिय उत्पादन पुष्पगुच्छाले अतिथीहरुलाई स्वागत गरियो ।
आयोजक संस्था खैरेनी युवा क्लवका अध्यक्ष टिकाजित बुढाथोकीले भने,– ठुला ठुला नेता र मन्त्रीहरुलाई बोलाएर उद्घाटन र समापन गराउने प्रचलन पनि बढि नै झण्झटीलो र खर्चिलो ठानियो त्यसैले स्थानिय सरकार प्रमुख सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालबाट उद्घाटन गराउने निर्णय गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रशस्त पर्यटकिय विकासको सम्भावना रहेको सत्यवतीको प्रचार प्रशारका लागि खैरेनी युवा क्लव संग गाउँपालिकाले सहकार्य गरेर महोत्सवको आयोजना गरिएको बताए ।
उनले ५ नंं प्रदेशकै सबै भन्दा अग्लो थाप्लेको लेक यसै थलोमा रहेको, कालिगण्डकीको तटमा अवस्थित रुद्रवेणीको राममन्दिर पनि यसै थलोमा रहेको बताउँदै गाउँपालिकाले कृषि र पर्यटन विकासबाट यहाँको जनताको मुहार फेर्ने गुरुयोजना बनाई रहेको जानकारी दिए ।
बडिगाड खोलामा ¥याप्mटिङ्ग सेवा सञ्चालन गरेर पर्यटक भित्राउने लक्ष्य अनुरुप केहि दिन अघि मात्र विज्ञहरुको टोली बोलाएर ¥यापटिङ्गको सफल परिक्षण भई सकेको, कालिगण्डकीलाई थुनेर जलासय निर्माण गरी ¥याप्mटिङ्गका अलवा विद्युत उत्पादन गरिने बताए ।
ऐतिहासिक भार्से गाउँमा होम स्टेको विकास संगै त्यसको टापुमा अवस्थित थाप्लेको लेकमा भ्यु टावर निर्माण गर्न सुरु गरिएको र ब्यवसायीक कृषि उत्पादनबाट यहाँको विकास गर्न थालिएको जानकारी दिए ।
कार्यक्रममा बिशेष अतिथीका रुपमा गाउँपालिका उपप्रमुख सुवर्ण शाही शेरचन, सत्यवती ६ का वडाध्यक्ष विष्णुुप्रसाद भण्डारी, वडा ५ का ओमप्रसाद भण्डारी, वडा नम्वर ८ का सन्तकुमार थापा, गुल्मी उद्योग वाणिज्य संघका दुर्गाप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, खैरेनी वजार ब्यवस्थापन समितिका अध्यक्ष शिद्धिमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
पुस १२ देखि २१ गते सम्म चल्ने महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्न कृषि प्रदर्शनी, स्थानिय उत्पादनको ब्यापार ब्यवसाय गरिने भएको छ । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको जमघट रहने छ । महोत्सव उद्घाटन पुर्व खैरेनी वजारमा झिँनेवा समाज खैरेनीले त्यस बजारमा नेवार समुदायको झाँकी सहित प्रभातफेरी गरेको थियो ।
“कृषि पर्यटनका पूर्वाधार, आर्थिक विकासको मुल आधार” भन्ने मुलनाराका साथ आयोजित महोत्सवको सत्यवती गाउँपालिकाको सहकार्यमा खैरेनी युवा क्लव आयोजक र खैरेनी बजार ब्यवस्थापन समिति सहआयोजक रहेको छ । १० दिनसम्म दैनिक राष्ट्रिय कलाकारको रमझमसहित महोत्सव चल्ने महोत्सव स्थलमा रमाईलो मेला र अन्य ब्यापारिक सहित करिब ३ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष बुढाथोकीले बताए ।
उनका अनुसार महोत्सव भित्र ७० वटा स्टल रहेका छन् र करिब २० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । उनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका जिल्ला संयोजक युवराज न्यौपानेको स्वागत मन्तव्य र कलाकार भरत क्षेत्रीको सञ्चालन रहेको थियो ।