सर्वोच्च अदालतले आज नयाँ प्रधानन्यायाधीश पाउने
काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम हिजो संसदीय सनुवाई समितिले सर्वसम्मत स्वीकृत गरेपछि आज राणाले प्रधानन्यायाधीशका रुपमा सपथ लिनेछन् । बिहान साढे १० बजे सपथ तय गरिएको छ ।
न्यायलयको सर्वोच्च पदमा जबराको कार्यकाल चार वर्षको हुनेछ ।
२०७९ मङ्सिर २८ गतेसम्म उहाँको कार्यकाल हुनेछ । उमेर हदको अनिवार्य अवकाश बाहेक प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । पछिल्लो २३ वर्षयता सबैभन्दा लामो कार्यकाल भएका प्रधानन्यायाधीशका रूपमा जबराले न्यायालयको नेतृत्व गर्दैछन् ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले २०४८ देखि २०५२ सालसम्म करिब चार वर्षको कार्यकाल पूरा गरेका थिए । उपाध्यायले तीन वर्ष दश महिना प्रधानन्यायाधीशका रुपमा न्यायालयको नेतृत्व गर्नुभएको थियो । प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि राणाले न्यायालय सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।