धर्मसँग जोड्ने प्रयास गरियो-पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए ।

सोही सम्बन्धमा स्पष्टीकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरे। उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि गलत मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाए ।

वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे । उनले एसिया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ कांग्रेस सांसद राजभण्डारीलाई दिएका थिए ।समिटमा कांग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा बिरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।