स्थानीय तहको संरचनामा ने।वि। संघ गुल्मीले संगठन बनाउँदै

गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो सांगठनिक संरचना स्थानीय तह अनुसार बनाउने निर्णय गरेको छ । संघको जिल्ला कार्य समितिको बैठकले विद्यालय र क्याम्पस ईकाईका अलावा पालिका स्तरीय कार्य समिति गठन गर्ने निर्णय गरेको हो । सदरमुकाम तम्घासमा माघ ५ गते स्थानीय तहको संरचनामा संगठन निर्माण गर्न सुरु गर्ने निर्णय भएको जिल्ला कार्य समितिका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार त्यसका लागि जिल्ला प्रतिनिधी समेत खटाईएको छ । संगठन विस्तारका लागि केन्द्रीय प्रतिनिधी सुवास कठायतले नेपाली कांग्रेसका जिल्ला सभापतिलाई केन्द्रबाट आफुले पाएको जिम्मेवारी पत्र हस्तान्तरण गरेका छन् ।
माघ ५ गतेसम्म जिल्लाका सम्पुर्ण विद्यालय, क्याम्पस र स्थानीय तह अनुरुपका संगठन विस्तार सकेलगत्तै अधिवेशनको छिट्टै नै अधिवेशन गरिने कार्यवाहक अध्यक्ष पाण्डेको भनाइ छ ।
सो संगठनले दिएको विवरण अनुसार कार्यवाहक जिल्ला अध्यक्ष पाण्डेलाई रेसुङ्गा नगरपालिकाको संगठन विस्तारमा खटाईएको छ । यसैगरी
मुसिकोट नगरपालिकामा रामप्रसाद आचार्य, मालिका गाउँपालिकामा रमेश बुढा र सोही गाउँपालिकासहित चन्द्रकोट गाउँपालिकामा पुण्य प्रसाद सुवेदीलाई खटाईएको छ । गुल्मी दरबार गाउँपालिकामा तोमलाल पन्थी, ईस्मामा विष्णुप्रसाद आचार्य, रुरुमा ऋषि राना, धुर्कोटमा कमल पोखरेल, कालिगण्डकीमा सिजन राना, सत्यवतीमा कमल भुसाल र मदानेमा पार्वती केसीलाई प्रतिनिधी तोकिएको छ ।