राजदूत लक्की शेर्पा बर्खास्तमा
काठमाडौं-२३ पुस विवादित अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तमा परेकी छन् । शुरुदेखि नै विवादमा रहेकी लक्कीलाई सरकारले बर्खास्त गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनी मानव बेचबिखनको आरोप लागेका कारण विवादमा रहेकी थिइन् ।
यस विषयमा छानविन गरेपछि परराष्ट्र मन्त्रालयले शेर्पालाई बर्खास्त गर्न सिफरिस गरेको थियो । सोही परराष्ट्रको ठहरअनुसार नै उनी बर्खास्तमा परेकी हुन् ।
उनलाई यसअघि पनि राजिनामा दिन निर्देशन दिइएको थियो तर उनले अटेरी गरेकी थिइन् ।