निगम अहिलेकै अवस्थामा रहन सक्दैन-कार्यकारी निर्देशक पौडेल
काठमाडौं – नेपाल निमगको ४८ औं वार्षिक उत्सवमा बोल्दै निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगममा पुनर्संरचना गर्ने बताएका छन् ।निर्देशक पौडेलले अब निगम सुधारका लागि काम गर्ने बताएका हुन् । अब निगमको रिफर्म गर्छु,उनले भने’ निगम अहिलेकै अवस्थामा रहन सक्दैन ।
सरकारले आफूलाई निगम सुधार गर्न पठाएको पौडेलले बताए । कार्यकारी निर्देशक पौडेलले तेल बेच्ने मूल्यमा निगमको नाफामात्र नजोडिएको भन्दै सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि बताए ।
त्यस्तै बुढीगण्डकी आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरेको भन्दै यी सबै आधारहरुलाई हेरेर निगम अघि बढ्ने बताएका हुन् ।