राष्ट्रपति विद्यादेवी भण्डारी र जापान के विदेश मंत्री तारो कोनो बीच शिष्टाचार भेट
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गगरेका छन्।
त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो।