राष्ट्रनिर्माताको योगदानको स्मरण

काठमाडौँ- २९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिममूलद्वारस्थित शालिकमा माल्यार्पणका लागि पुगेका तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पृथ्वीनारायण शाहकै योगदानका कारण हामी अहिले विश्वमा नेपाल र नेपाली भनेर गौरव गर्न सकेका छौ  । मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उनीप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताएका छन ।

“पृथ्वीनाराणको योगदान कसैले बिर्सन सक्दैन, राजनीतिभन्दा माथि उठेर उहाँको योगदानको हामीले मूल्याङ्कन गर्नुपर्छ । नेपालको माटोमा उहाँको योगदान र अमरत्वको इतिहास सदैव कायम रहन्छ ।’’

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति डा. गङ्गाप्रसाद उप्रेतीले तमाम नेपालीको पहिचानसँग पृथ्वीनारायण शाह जोडिएको बताए। “नेपाल राष्ट्र र सबै नेपालीका लागि पृथ्वीनारायण पुजनीय र बन्दननीय हुनुहुन्छ, राज्य सञ्चालन गर्ने सन्दर्भमा उहाँका दिव्यउपदेश अहिले पनि त्यतिकै सान्दर्भिक छन्, नेपाल र नेपालीको पहिचानको जग भएकाले उहाँलाई हामी सबैले श्रद्धा गर्नुपर्छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल राष्ट्र निर्माण भएकै कारण नेपालमा सङ्घीय गणतन्त्र स्थापित भएको बताए।  “पृथ्वीको नेतृत्वमा नेपाल राष्ट्रको निर्माण नभएको भए हामी अहिले सङ्घीय गणतन्त्र नेपालको सत्तासिन हुन पाउने थिएनौँ, यसको श्रेय उहाँलाई नै छ ।”

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायण शाहले २२-२४ औको ख्यामा रहेका स-साना टुक्रा राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण र राज्य सञ्चालनका सिलसिलामा उनले त्यसबेला व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएका छन् ।