डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइयो

काठमाडौं-  अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ ।

इलाममा ९ दिनदेखि अनशनरत उनी स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि  सेनाको नाइटभिजन हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो ।

बिहिबार राति इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् ।
उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।  उनको अबस्था चिन्ताजनक नै रहेको बताइएको छ ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।