राजनीतिक आस्था बेग्लै, समृद्धिका लागि एउटै

गुल्मी । चुनाव ताका एकले अर्काको आलोचना गरेर नथाक्ने दुई अलग अलग राजनैतिक दलका दुई नेताहरु आज भोली एउटै कृषि फममा लगानी र काम दुबै गरेर समृद्धिको अभियानमा गतिलो उदाहरण बनेका छन् ।
माछा पोखरीमा तन मन दिएर काम गरिरहेका छन् । तत्कालीन नेकपा एमालेबाट धुर्कोट गाउँपालिका प्रमुखका लागि उम्मेदवार रहेका र झिनोमतले पराजित भएका कृष्ण घिमिरे हाल नेपाल कम्युनिष्ट पार्टीका जल्दाबल्दा जिल्ला नेता हुन् । साविक जिल्ला विकास समितिको सदस्य समेत रहेका घिमिरे लामो समयको शिक्षक पेशा छाडेर राजनीतिमा होमिदै आएका नेता हुन् ।
धुर्कोट गाउँपालिका ७ वाग्लाका मधु पन्थी नेपाली कांगेसका पुराना र त्यहाँका खम्वा नेता हुन् । कट्टर राजनीति गर्छन् उनीहरु । तर समृद्धिका लागि एकैथलोमा हुनु पर्ने उदाहरण दिन उनिहरु यति बेला एक भएका छन् । उनिहरुले थप दुई जना युवा हरि भट्टराई र नविन श्रेष्ठ (प्रधान) लाई समेत शेयरमा मिसाए ।
त्यस लगत्तै पनाह मानेचौर बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी बिशाल ताल निर्माण र अन्य ११ वटा साना पोखरी समेत निर्माण गरी ठुलो परिमाणमा माछा उत्पादन गरिरहेका छन् । माछा उत्पादन संगै बाख्रा पालन, लोकल कुखरा सहित लोपोन्मुख अन्य चराचुरुङ्गी समेत पालन गरेर मासिक कम्तीमा एक लाख कमाई गर्ने लक्ष्य लिएका छन् ।
बा“झो खेतमा सुन्दर ताल, कमाई मालामाल
उनिहरुले वाग्लाको रामलाल श्रेष्ठको झण्डै दुई सय मुरी धान हुने खेत केहि वर्ष देखि बाँझीदै गएको देखे । श्रेष्ठ बुटवलमा बसेर टायल व्यवसाय गर्न थाले पछि उनको खेती बाँझिन पुगेको थियो । उनका छोरा नविनलाई पुख्र्यौली खेत बाँझिएको मन परेन । उनि बुटवलबाट गाउँ फर्केर नेताहरुको टोली संग मिलेर माछा उत्पादन गर्न चाहे । लहलह दुई खेती धान हुने खेत शिरुवारी बनिसकेको थियो ।
केहि महिना अघि सम्म शिरुवारी भएको त्यस स्थानमा यति वेला सुन्दर ताल बनाएर मनोरम स्थान बनाइएको छ । बिदाको दिन विभिन्न विद्यालयबाट पौडिन जाने विद्यार्थीहरुको भिड लाग्ने गरेको छ । वार्षिक २ लाख भाडामा लिईएको उक्त क्षेत्रफल मध्ये हाल सुन्दर पोखरी रहेको स्थानमा पहिलो वर्ष धान रोपेर ९० मुरी उब्जनी भएको छ । धान थन्काए पछि १ सय १० मिटर गोलो क्षेत्रफलको सुन्दर ताल निर्माण सुरु गरिएको हो ।
एउटै तालमा एक लाख भुरा माछा
हाल सम्म ३५ देखि ४० लाख सम्म लगानी गरिएको उनै कृष्ण घिमिरेले बताए । त्यस तालमा यति बेला भुरा माछा राख्ने तयारी भई रहेको छ । कोलकाताबाट माछा विशेषज्ञ झिकाएर एक लाख भुरा माछा त्यस तालमा राखिने भएको छ । अन्य ११ वटा साना पोखरीमा ५० हजारका दरले भुरा माछा राखिदै छ । त्यसबाट प्रतिव्यक्ति वार्षिक आम्दानी लिने अपेक्षा राखिएको घिमिरेले भने–‘ समृद्धिको अभियान पहिला नेतृत्वबाटै सुरु गर्न सके त्यसमा सर्वसाधारण समेत आकर्षित हुन ठानेर लागेका हौं ।’
उनिहरु यतिबेला बाख्रा पालन, लोकल कुखरा पालन, अण्डा उत्पादनका लागि लिअर्स जातको कुखरा पालन, टर्की पालनका लागि व्यवस्थित खोर निर्माण गर्दै छन् । अब छिट्टै सयौं स्थानिय खरी जातका बाख्रा पालन गर्न सुरु गरिदै छ । तल पनाह खोलाको पानी पम्पबाट तानेर ताल निर्माण गरिएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटारले ३५ लाख मुल्य वरावरको सोलार पम्प निशुल्क प्रदान गरेको घिमिरेले जानकारी दिए । त्यस्र्तै प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत मकै जोन गुल्मीले १ लाख ८० हजार बरावरको पम्प निशुल्क दिएको छ । त्यसै कार्यक्रम अन्तर्गत उनिहरुले ७ रोपनी खेतमा मकैका विउ उत्पादन गर्दै छन् । ४ क्विन्टल आलुको विउ धमाधम रोपिदै छ । आधा क्विन्टल लशुनको विउ रोपिदै छ । दुई रोपनीमा गोपी र अन्य तरकारी उत्पादन गरिएको छ ।
पहिलो वर्षमै ९० मुरी धान, ३ लाखको माछा
साना ११ वटा पोखरीबाट पहिलो वर्षमै ३ लाख बराबरको ७ क्विनटल माछा उत्पादन भई स्थानिय तहमै पु¥याउन नसकिएको मधु पन्थी बताउँछन् । लामो समय राजनीतिमा लागेर कुनै आम्दानीको श्रोत हुन सकेन । अहिले ६० वर्षको उमेरमा आएर युवाहरुसंग कृषि फार्ममा काम गर्न उत्साह जागेको छ पन्थीले भने । राजनीतिले मात्र खान नदिने देखेर व्यवसायीक कृषि उत्पादनमा लागेका हौं ।
उनिहरुले अब छिट्टै त्यस मानेचौर तालमा डुङ्गा सञ्चालन गरेर आन्तरिक पर्यटक आकर्षित गर्ने तयारी गरेका छन् । जहाँ रिसोर्ट सञ्चालन र पिकनिक स्पट पनि निर्माण गरिने घिमिरे बताउँछन् । लामो समय बुटवलमा बसेर व्यवसाय गर्दै आएका नविन श्रेष्ठले आफ्नो पुख्र्याैली खेत बाँझीएर शिरुबारी बनेको देख्न नसके पछि माछा पालनको अवधारणा अगाडी सारेर गाउँ फर्किएको प्रतिकृया दिए ।
स्थानिय दुई जना बृद्धहरुले कुृनै समय त्यस बाँझो जमिनमा दुई सय मुरी भन्दा बढि धान फल्ने गरेको तर बिचमा लामो समय देखि बाँझो रहँदा विरक्त लागेको बेला नेताहरुले त्यस्तो व्यवसाय गर्न लागेकोमा खुशी लागेको बताए । त्यस वडाका वडाअध्यक्ष हिमकान्त पन्थीले गाउँपालिकाले त्यहाँसम्म मोटर बाटो खनि दिएको, सोलार पम्प र अन्य निशुल्क प्राविधिक सामग्री उपलव्ध गराउन पहल गरेको र थप प्रोत्साहित गरिने बताए ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले कृषकहरुलाई प्रोत्साहित गर्दै तरकारी, माछा र मासुमा धुर्कोट आत्मनिर्भर गराउने अभियान अन्तरगत् चुनावमा आफ्ना निकटतम प्रतिद्धन्द्धी रहेका कृष्ण घिमिरे सहितलाई आफुले सक्दो सहयोग गरेर यहाँसम्म उक्त कृषि फार्म बनिसकेको र आगामी दिनमा त्यहाँको पर्यटकिय विकासमा गाउँपालिकाले थप प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।