सहकारीको रकम अर्कैकाे नाममा वेरुजु देखाउन लगाएर उम्कन खाेज्दै सञ्चालकहरू

खोटाङ-  सहकारीको निक्षेप रकम ठगी गरेको भन्दै जिल्ला अदालत खोटाङमा परेको ठगी मुद्दाको फैसला भएको छ ।

खोटाङको केपीलासगढी गाउँपालिकास्थित रावातावा बचत तथा क्रृण सहकारी संस्थाको कर्मचारी सरला राईमाथि परेको सो मुद्दाको फैसला गत पुस २२ मा भएको हो ।

जिल्ला अदालत खोटाङका न्यायधिस किशोर घिमिरेको एकल इजलासले सरला राईको पक्षमा फैसला सुनाएको हो ।

सहकारीको रकम कलेक्टर तथा सामन्य कर्मचारीका रुपमा रहेको सरला राईलाई निक्षेपकर्ताको रकम हिनामिना गरेको भन्दै सहकारीका सञ्चालकहरुले जिल्ला प्रहरीमा जाहेरी दिएका थिए ।

सहकारीका अध्यक्ष रत्नमणी राईले नेपाल सरकारलाई वादी वनाई जाहेरी गरेको मुद्धामा सरला राईले सहकारीको कुल रकम १८ लाख ३० हजार ६ सय ५७ रुपैयाँ ४२ पैसा रकम वेरुजु रहेको उल्लेख गरिएको थियो । रावातावा बचत तथा क्रृण सहकारीको आ.व. २०७२÷०७३ को लेखा परिक्षणका क्रममा सो रकम वेरुजु देखिएको थियो । र सो रकम हिनामिना भएको भन्दै उननिमाथि रकम ठगी अभियोग लगाईएको थियो ।

तर, स्थानीयले भने सञ्चालक मध्येकै रत्नमणी राई सचिव समिर राई र कोषाध्याक्ष भानु तिमल्सिना लगायतले आफु निकट लेखापरीक्षकलाई प्रलोभनमा पारी सहकारीको रकम वेरुजु देखाउन लगाएको, आरोप लगाएका छन् ।

भने सहकारी सिद्दान्तको आधारमा सञ्चालन नगरिएको भन्दै सो सहकारीका निक्षेपकर्ताहरुले आफ्नो रकम फिर्ता माग्न थालेका छन् । सो सहकारीमा आवश्यक चार खाता संचालनमा नरहेको र निक्षेप कर्ताले दैनिक जम्मा गरेको रकमको कुनै हिसाव किताव नरहेको पाइएको छ ।

वचतकर्ताहरुको रकम फिर्ता गर्न संचालकहरुलाई समस्या परेकाले मात्र सरलामाथि ठगीको आरोप लगाएर सञ्चालकहरु चोखिन खोजेको आरोप लाइएको निक्षेपकर्ताहरुले बताए ।

अदालतमा मुद्दा विचाराधिन रहेका बेला संचालकहरुले बचतकर्ताहरुको रकम सरला राईले रकम फिर्ता गरेपछिमात्रै दिने आश्वासन दिएका थिए । तर जिल्ला अदालत खोटाङले उक्त अभियोग गलत सावित गरिदिएपछि संचालकहरु अप्ठ्यारोमा परेका छन् ।

निक्षेपकर्ताहरुले भने आफ्नो निक्षेप तत्काल फिर्ता नगरेमा कानुनी प्रकृयामा जाने बताएका छन्।