नेकपाले आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी

काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताहरुका नाममा रहेका अस्पताल विघटन गराउने सरकारको तयारी रहेको भन्दै त्यसको विरुद्धमा प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

यसअघि बसेको राष्ट्रिय सभाको बैठक पनि कांग्रेस सांसदको अवरोधपछि बैठक स्थगित भएको थियो।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

सभामुदले संसद सुचारु भएको घोषणा गर्नसाथ कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले सम्बोधन गरेपछि कांग्रेसले संसद अवरुद्ध गरेको हो।

अवरोधपछि १५ मनेटलाई रोकिएको संसद बैठक पुनः सुचार भए पनि कांग्रेसको अवरोधका कारण कार्यसूचीमा भने प्रवेश गर्न सकेको छैन। अहिले कांग्रेस सांसदहरु यथास्थानबाट उठेर सदनको कामकारबाहीमा अवरोध गरिहेका छन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा विधेयक पेस र पारित गर्ने कार्यतालिका रहेको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यसको विपक्षमा रहेको हुँदा नेकपाले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको हो।

आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यो विधेयक हुबहु पारित गर्नुपर्ने पक्षमा सत्तारुढ दल रहेको र प्रतिपक्ष कांग्रेसले विधेयक पेस गरे संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ। कांग्रेस सरकारले डा. गोविन्द केसीसँग गरेका सम्झौताअनुसार विधेयक आउनुपर्ने भन्दै त्यसको विपक्षमा उभिएको छ।