घाइते महिलालाई थप उपचारकालागि हेलिकप्टरद्वारा काठमाडौ

गलकोट-तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले बागलुङ नगरपालिका-२ हल्लनचोकमा ठक्कर दिँदा सख्त घाइते भएकी महिलालाई थप उपचारकालागि हेलिकप्टरद्वारा काठमाडौ लगिएको छ । स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा सख्त घाइते भएकी थिईन ।

घाइते सापकोटालाई धौलागिरि अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको घाइतेका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक अर्जुन बस्नेत र जिपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।