युएईद्वारा नेपाललाई २५५ रनको टार्गेट

काठमाडौं -टस हारेर ब्याटिङ गरेको युएईले खेलको निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको छ  ।दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ ।

२.५ ओभरमा नेपालले पहिलो विकेट लिएको थियो । युएईका अस्फाक अहमद सोमपाल कामीको बलमा शून्य रनमै आउट भए ।त्यस्तै ५.६ ओभरमा नेपालले दोस्रो विकेट लिएको थियो । ओपनर चिराग सुरी पनि शून्य रनमै आउट भए ।

युएईका लागि सिपी रिजवानले सर्वाधिक रन बनाए । उनले खेलमा ४५ रन बनाएका थिए । त्यस्तै युएईका मोहम्मद उस्मानले २६ र घुलाम शब्बेरले १८ रन बनाएका थिए ।खेलमा नेपालका करण केसीले दुई विकेट लिए भने कप्तान पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए ।१९.४ ओभरमा घुलाम शब्बेर १८ रनमा आउट भए भने २०.२ ओभरमा मोहम्मद उस्मान २६ रन बनाउँदै आउट भए ।