स्वास्थ्यलाभ गरी दाहाल पत्नी घर फिर्ता
काठमाडौँ- माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा भाइरल ज्वरोको कारण उपचार गराईरहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी आज निवास फर्केकी छिन ।
उनको स्वास्थ्यमा सुधार आएपछि आज मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई आइतबार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. अशोक अधिकारीका अनुसार सामान्य कक्षमा निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि आज निवास फर्केको बताए ।