लागुऔषधसहित २ जना पक्राउ
काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७०७३ नं को बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५११३ नं को बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भोलनलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टाछुट्टै सवारी जाँचका क्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएकोछ ।