पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार
काठमाडौं- हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। शाह सोमबार अपराह्न सवा ४ बजे हृदयघात भई नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए। नर्भिक अस्पतालका अनुसार शाह बोल्ने र आफैं खाना खान सक्ने भएका छन्।
अस्पतालका अनुसार मंगलबार लिइएका सबै रिपोर्टहरू सकारात्मक छन्। बुधबार बिहानको रिपोर्ट भने आइसकेको छैन।हिजोको रिपोर्ट र त्यसयता भएको सुधारको अवस्था हेर्दा उहाँ सम्भवतः आज या भोलि सिसियुबाट वार्डमा सिफ्ट हुनुनुहेछ, अस्पतालका सूचना अधिकारी आरपी मैनालीले भने।
उनी आफैं हिँड्न पनि सक्ने भएको तर सिसियु वार्डमा हिँड्न रोक रहेको मैनालीले बताए। बुधबार बिहान रगतको नमूना, इसिजी, इको, मुटुका रत्तनलीहरूको परीक्षण लिइएको छ। सोको रिपोर्ट आइसकेको छैन।उनको उपचारमा डा. यादवदेव भट्टलगायतको चिकित्सक समूह सक्रिय छ। शाहले यसअघि दुई पटक हृदयघातको सामना गरिसकेका छन्।