वनमन्त्री बस्नेतकी भतिजी आफ्नै कोठाभित्र मृत फेला
काठमाडौं- ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत फेला परेकी छन् ।बबिताले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
पढेलेखेकी उनी फरासिली थिइन् । उनको मृत्यूले परिवार र आफन्तजन स्तब्ध बनेका छन् ।उनी आत्महत्या गर्ने खालकी मान्छे थिइनन्, कुनै तनावमा पनि देखिएकी थिइनन्,’ पारिवारिक स्रोतले भन्यो, मृत्यू शंकास्पद छ ।
बबिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो । रोशन उर्जामन्त्री वर्षामान पुनका प्रेस संयोजक हुन् । रोशनले एउटा अनलाइन पनि चलाउँछन्, जसमा बबिताले पनि काम गर्थिन् ।
‘बिहे हुनुअघि बबिता काठमाडौंमा मन्त्री बस्नेतसँगै बस्ने गर्थिन् । उनलाई बस्नेतले नै क्याम्पस पढाएका थिए । आफ्नो छोरी बराबर माया गर्थे ।प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म ढोका नखुलेपछि बबिताकी नन्दले निकैबेर ढोका ढक्ढकाएकी थिइन् । तर, नखुलेपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी आएर ढोका फोडी हेर्दा उनको शरिर प्राणहीन बनिसकेको थियो ।घटनापछि अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह, ललितपुर प्रहरी परिसर प्रमुख रवीन्द्र धानुक र केही फरेन्सिक डाक्टरहरु पनि घटनास्थल पुगेका थिए । घटनाको अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुख सिंहले बताए ।