प्रेम दिवशको सार्थकता

कुनै पनि विषय वा बस्तुको सकारात्मक प्रयोग गर्ने हो भने त्यो चिज विदेशबाट आयातित भए पनि राम्रो मान्नु पर्छ । नकारात्मक प्रयोग भएमा स्वदेशकै भए पनि नराम्रो भन्नु पर्छ । प्रेम दिवश पनि त्यस्तै हो । भ्यालेन्टाइन डे का रूपमा भित्रिएको संस्कृतिलाई रुचाउने र नरुचाउने दुवैथरी छन् । यसको प्रयोगका आधारमा यसलाई राम्रो र नराम्रोका रूपमा व्याख्या गरिन्छ । एउटालाई राम्रो लागेको कुरा अर्कालाई नराम्रो लाग्न सक्छ । त्यसैले कुनै पनि विषय वा बस्तुबारे राम्रो र नराम्रोको किटान त्यसको सदुपयोग वा दुरुपयोगले निर्धारण गर्छ । कुनै पनि कुराको गुन र बैगुन दुवै हुन सक्छ । मुख्य कुरा यो हो कि बैगुन पक्षभन्दा गुन पक्ष बलियो छ भने त्यसलाई राम्रो भन्न सकिन्छ ।
हरेक वर्षको फेब्रुअरी १४ मा पर्ने भ्यालेन्टाइन डे यस वर्ष पनि नजिकिदै छ । त्यो दिनको प्रतीक्षामा रहेका धेरै जोडीले अनेक योजना बनाएका छन् । यो दिनले मानिसमा नयाँ उर्जा थप्छ भन्नेहरूको भीडमा कोही बेवास्ते पनि नभएका होइनन् । भ्यालेन्टाइन डे लाई पुरा मनोरञ्जनमय बनाउन लागिपरेकाहरू पनि सचेत र सतर्क हुनु जरुरी छ ताकि मनोरञ्जन दशामा परिणत नहोस् । विदेशबाट आयातित भए पनि वर्षको एक दिन प्रेम दिवश मनाउनु गलत होइन तर तरिका सही हुनुप¥यो । भद्र र सभ्य हुनु प¥यो । नेपाली समाजमा सुपाच्य हुुनुप¥यो । प्रेमको अर्थ नवकिशोर र किशोरीको अन्धोबैंश मात्र होइन यो दिवशले मानवजातिमै प्रेमको भावना फैलाओस् भन्ने ध्येयका चेतनामूलक कार्यक्रम पनि गर्न सकिन्छ ।


श्रीमान श्रीमतीबीचमा बिग्रेको सम्बन्ध प्रेम दिवशका दिन सुधार्ने अठोट गर्न सकियोस् । बाबुआमासँग, दाजुभाइ, दिदी बैनीसँग, मामा भाञ्जा बीचको सम्बन्ध, साथी साथी बीचको सम्बन्ध, यस्तै यस्तै सम्बन्ध सुधार्ने र आपसमा प्रेमभाव बढाउने उद्देश्यमा यो दिवशलाई सार्थक पार्न सकिन्छ जस्ले यसको महत्व अझ बढाउने छ । यो दिवश मनाउन कुनै एकान्तस्थलमा जानु, क्याविन वा रिसोर्ट धाउनु जरुरी छैन । यो दिवशमा कुनै किशोर किशोरी बिच मात्र नभई एकआपसमा प्रेमभाव दर्शाउनु पर्ने जोसुकैका बीच पनि गुलाफ साट्नु वा लिनु दिनु पर्छ । दिवश मनाउनकै लागि मात्र यसो नगरी यसै दिनबाट सम्बन्धलाई थप प्रगाढ बनाउने सकारात्मक सोचको विकास गर्न सके प्रेम दिवश साँच्चिकै महत्वको हुनेछ । यसको महत्व बढाउन चाहने युवायुवतीले यसको प्रयोग आपूmभन्दा वरिष्ठ र कनिष्ठ दुवै खाले सदस्यमा गर्नु पर्छ ।
बाहिर बाहिर प्रेमको कुरा गर्दा तर्सिने भित्र भित्र प्रेम गर्दै हिंड्ने बर्गले पनि प्रेमको अर्थ मन मिलेका केटा र केटी वीचको सम्बन्धलाई मात्र प्रेम भन्छन् । तर, प्रेमको अर्थ आपूmले आफैलाई गर्ने माया पनि प्रेम हो । बाबु आमा दाजुभाइ र दिदीबैनी बीचको माया पनि प्रेम हो । सम्बन्ध जोडिएका तर नबिग्रिएका सबैमा मायाभाव हुन्छ त्यो सबै प्रेम हो भन्ने बुझ्नु पर्छ । त्यसमध्ये नजिक ठानिएकालाई प्रेम दिवशमा नविकरण गरेर मायामा नयाँ उर्जा थप्न सकिन्छ । प्रेम दिवशलाई उच्छृंखल र असभ्य पाराले मनाउनुको साटो आफन्तबीच मायाको नवीकरण हुने भव्य कार्यक्रम गरेर सभ्यताको पहिचान दिनु अझ राम्रो हो । बैराग्यमा परेर भौंतारिएका, दुःख पाएका, परिवारबाट टाढा भएकालाई प्रेमभावले नजिक ल्याउनु यो दिवशको शुभ सन्देश हुनेछ ।
यो दिनलाई प्रेममय बनाउँदै प्रेम दिवश मनाउन सके मानिसहरूबीच उत्पन्न हुने गरेका घृणा प्रेममा परिणत हुन पनि बेर लाग्दैन । प्रेम दिवशलाई सही ढंगले मनाउने हो भने यसका बारे नकारात्मक टिप्पणी गर्नुपर्ने जरुरीको अन्त्य भई यसका सकारात्मक पाटाको महत्वले बढावा पाउने छ र यो दिवशको सान्दर्भिकता रहि रहने छ ।