जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्रीसहित तत्कालिन एमालेका शिर्ष नेता अनुपस्थित
काठमाडौ- नेकपा अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजीत कार्यक्रममा जनयुद्ध दिवसलाई स्मरण गरेका छन् ।
वि.स. २०५२ साल फागुन एक गते तात्कालिन भुमिगत पार्टी नेकपा माओवादीले शुरु गरेको सशस्त्र युद्धलाई जनयुद्ध दिवस मान्ने माओवादी केन्द्र र पूर्व एमाले एकिकरण भए सँगै पहिलाे पटक धुम्बाराहीमा जनयुद्ध दिवस मनाइएकाे हाे ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अनुपस्थितीमा जनयुद्ध दिवस मनाउँदै अध्यक्ष प्रचण्डले संसारले नेपाललाई ध्यान पूर्वक हेर्नु पर्ने बताए ।
सरकारको चापाचाप कामको कारण प्रधानमन्त्री केपी ओलीको अनुपस्थिती रहेकाे कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र आफ्नो समझदारीमा कार्यक्रम तय गरिएको बताए ।
कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति सम्झौता,हतियार समायोजन, संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न गर्ने कार्य सामान्य परिघटना नभएको औंल्याए ।
पछिल्लो समय नेपालमा संसारले तिखो आँखाले हेर्नु पर्नै र कान खोलेर सुन्नु पर्ने अबस्था आफुहरुले सिर्जना गरेको दावी गरे ।
उनले कम्युनिष्ट आन्दोलनको दुई धारहरु सशस्त्र विद्रोह र संसदीय बाटो विगतमा एकले अर्काेलाई सिद्धाउने प्रयास गरेको स्मरण समेत गरे ।
मदन भण्डारी स्मति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउने दुई कार्यलाई ऐतिहासिक परिघटना मान्नु पर्ने उनको दाबी थियो ।
पार्टी एकता पक्रिया ढिलो भइरहेको चिन्ता व्यक्त गर्दै जनयुद्ध दिवसले एकता टुङ्याउने प्ररेणा दिने समेत बताए ।
नेपालमा छरिएर रहेका अन्य कम्युनिष्ट घटक तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले कन्फ्युजन र भ्रम छाडेर गोलबद्ध हुन खुला आब्हान गरे ।
मुलुकको विकास र समृद्धिको निम्ती सत्ता पक्ष र प्रतिपक्ष एक ढिका भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेकपा नेता सुवास नेम्वाङ, विष्णु पौडेल लगायतले मन्तव्य राखेका थिए ।