४८ घण्टा भित्र पाकिस्तानी नागरिकलाई भारत छोड्न आदेश
राजस्थान- पुलवामा भएको आतंकवादी हमलापछि सुरक्षा स्थितीकाे मध्यनजर राख्दै बिकानेरमा रहेका सम्पूर्ण पाकिस्तानी नागरिकलाई बिकानेर छोड्न आदेश दिइएको छ ।
बिकानेर जिल्ला मेजिस्ट्रेट कुमारपाल गौतमले आइपीसी धारा १४४ अन्तरगत ४८ घण्टा भित्र पाकिस्तानी नागरिकलाई भारत छोड्न आदेश दिएको हो । बिकानेर पाकिस्तानको सीमा निकट रहेको छ ।
पुलवामा मा भएको आतंकवादी हमलापछि भारत भरी पाकिस्तानको खिलापको आक्रोश फैलिएको छ ।
जसको कारण पाकिस्तानी नागरिकको जीवन रक्षार्थ यस्तो कदम चालिएको बिकानेर मेजिस्ट्रेटले जनाएका छन् । आदेश अनुसार बिकानेर स्थीत धर्मशाला, होटल एवम अस्पतालमा पाकिस्तानी नागरिक बस्न प्रतिबन्ध लगाएको छ ।
भारतीय नागरिकले पाकिस्तानी नागरिकसँग प्रत्यक्ष ढंगबाट व्यापारिक सम्बन्ध राख्नुका साथै कुनै पनि रोजगारी दिनु अपराध मानिएको छ ।
बिकानेरमा कुनै पनि नागरिकले पाकिस्तानमा दर्ता गरिएको माेवाइल सीम प्रयोग गर्न सख्त मनाहि गरेको छ ।