समाजकल्याण परिषद्का उपाध्यक्ष सहित पाँच जना निलम्बित
काठमाडौ- भ्रष्टाचारको गरेको भन्दै सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष सहित पाँच जनालाई निलम्बित गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकका लागि पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता तथा सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कुरा जनाएका छन् ।
मन्त्री बास्कोटाका अनुसार निलम्बन पर्नेमा समाजकल्याण परिषदका उपाध्यक्ष नीलमणि बराल,कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई निलम्बन गरिएको जनाएका छन् ।
बदनियतपूर्ण र कानुनविपरीत काम गरेकाले सरकाले उनीहरुलाई निलम्बन गरेको प्रवक्ता बास्कोटाले जनाए । समाज कल्याण परिषदमा उनीहरुले गरेकोे अनियमितताबारे थप अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय समेत मन्त्रीपरिषदले गरेको जनाएका छन्।