नेविसंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने
काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसका नेताहरूमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले आज प्रदर्शन गर्न लागेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै गर्दा दवाव दिन नेविसंघले प्रदर्शन गर्न लागेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेता ऋषिकेशजंग शाहको समूहले सानेपामा प्रदर्शनको तयारी गरेको हो ।
११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।
नयाँ अध्यक्ष बन्न विद्यार्थी नेताहरूले विभिन्न खालका दवाव र प्रदर्शन गर्दै आएका छन् । केही दिन अगाडि कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीले कांग्रेसका नेताहरूलाई हातपातको प्रयास गरेका थिए ।