४ सय बर्ष पुरानो बौद्ध मन्दिरमा रोबर्टद्वारा बौद्ध उपदेश
जापान- जापानको एक ४ सय बर्ष पुरानो बौद्ध मन्दिरमा रोबर्टले बौद्ध धर्मको उपदेश दिन थालेको छ । युवाहरुलाई आकर्षित गर्नको लागि बौद्ध मन्दिरमा रोबर्टको सहयोग लिइएको हो ।
१० करोड मुल्य बराबरको सो रोबर्टको नाम ‘कैनन’ हो । जसले मन्दिरमा आएका श्रद्धालुहरुलाई बौद्ध धर्मको बारेमा जानकारी र उपदेश दिनेछ । क्योटो के कोडाइजी मन्दिरमा सो रोबर्ट राखिएको छ । मन्दिर सन् १६१९ मा खोलिएको थियो ।
उक्त रोबर्टको शिर, काध र हाथमा सिलिकनबाट बनेको छालाको कभर रहेको छ । यसको लम्बाई १.९५ मीटर र वजन ५९ किलोग्राम रहेको छ । रोबर्टको देब्रे आँखामा भिडियो क्यामेरा लगाइएको छ । जसको सहयोगले यसले मानिसहरुसँग कुरा गर्न सक्छ । यसका साथै रोबर्टले जापानी भाषामा उपदेश दिन्छ तर यसलाई अंग्रेजी र चीनी भाषामा ट्रान्सलेट गर्न सकिन्छ ।
युवा पुस्ताहरुका लागि बौद्ध धर्मको जानकारी दिनको लागि मन्दिरका पुजारीहरुले ओसाका यूनिभर्सिटीमा इन्टेलिजेन्ट रोबर्टिक्सका प्रोफेसर हिरोशी इशीगुरोसँग सम्पर्क गरेका थिए । इशीगुरोको मद्दतबाट नै उक्त रोबर्ट तयार गरिएको हो ।
स्थानीय मीडियालाई मन्दिरका एक पुजारी टेन्शो गोटोले भने , ‘बौद्ध छविकै कारण आज बौद्ध धर्मको प्रचार विश्वभर फैलिएको छ । हामी आश गरिरहेका छौ की कैनन रोबर्ट बौद्ध शिक्षालाई मानिसहरुसम्म पुर्याउन सहयोगी हुनेछ ।” उनले भने , हामी चाहान्छौ मानिस रोबर्टलाई हेरुन् , कुरा गरुन् र बौद्ध धर्मको बारेमा जानुन ।