प्रधानमन्त्री ओली अस्पताल भर्ना,स्वास्थ्य सामान्य

काठमाडौं-  बुधबार बिहान महाराजगञ्जस्थित टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओली नियमिति चेकजाँचका लागि भर्ना हुन् ।

नियमिति चेकजाँचका लागि अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए । चिकित्सकहरुको सल्लाह बमोजिम अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको उनले बताए । पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो ।

कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको हो । अस्पतालका डा. अरुण सायमीले परीक्षणका लागि रगतको नमूना लिएको र एक्स–रे सहित अन्य परीक्षणको काम समेत भईरहेकाले त्यसको रिपोर्ट आउन २४ घण्टाको समय लाग्ने बताए ।

उक्त रिर्पोट आउँदाुसम्म अस्पतालमै आराम गर्न सुझाव दिईएको सायमीको भनाई छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने थियो । तर उनले यही गर्ने मनसाय देखाएपछि मनमोहन लगिएको हो ।