१३ सदयस्यीय समितिमा एक सदस्य खाली रहेको थियो जसमा मनाङेलाई नियुक्ति गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।
‘खाली रहेको पदपूर्ति गरेका हौँ,’ सभामुख अधिकारीले भने, ‘अब समितिले पूर्णता पाएको छ।’ उक्त समितिले विकास निर्माणको कामको अनुगमन र सरकारलाई निर्देशन दिने काम गर्छ। विकास समितिको सभापति भने दिपक कोइराला रहेका छन।
मनाङे निर्वाचित भएको झन्डै एक वर्षपछि प्रदेशसभा छिरेका थिए। विगतको मुद्दाका कारण उनले ढिलो गरी प्रदेशसभा सदस्यको शपथ लिएका थिए। गत मंसिरमा निर्वाचित भए पनि उनले केही पहिले मात्रै प्रदेशसभा सदस्यको शपथ ग्रहण गरेका थिए।