ग्लोबल आईएमई बैंकको शाखा सल्यानमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगरस्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । आइतबार सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले औपचारिक उद्घाटन गरेका हुुन् ।
उक्त शाखाको औपचारिक उद्घाटन गर्दै मन्त्री ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधि र बैंकिङ सेवाको पहुँचका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गरे । साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बंैकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवी तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यान शाखा विस्तार गरेर यस क्षेत्रमा सङ्कलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथ साथै बंैकिङ पहुँच नपुगेको स्थानमा समेत बंैकिङ पहुँच पुु¥याउने कुरा बताए ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एक सय ३४ वटा शाखा, १५ वटा राजस्व सङ्कलन काउण्टर, एक सय ४२ एटीएम, नौ वटा एक्सटेन्सन काउण्टर तथा एक सय २१ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmतआफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।