श्रीमानको तलतल कसरी मेट्छिन प्रियंका

भारतीय नायिका प्रियंका चोपडाले केही महिनाअघि मात्र निक जोनससँग विवाह गरेकी हुन् । कामको सिलसिलामा यात्रा गरिराख्नुपर्दा श्रीमान् निकै कम भेट हुने गरेको उनी बताउँछिन् । उनले आफ्नो श्रीमानसँगको आत्मीयता कायम राख्न र श्रीमानसँगको तलतल मेटाउन प्रविधीको सहारा लिने गरेको बताएकी छिन् ।


गत डिसेम्वरमा विवाह गरेका प्रियंका र जोनसको उमेर १० वर्ष फरक छ । प्रियंका ३६ वर्षकी छिन् भने निक २६ वर्षका मात्र छन् । श्रीमानसँग धेरै समयका लागि टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’ मा विश्वास राख्ने गरेको प्रियंकाले खुलासा गरेकी छिन् ।
गत बिहीबार एन्डी कोहनको कार्यक्रम वाच ह्वाट ह्यापन लाइभ कार्यक्रमका प्रस्तोताले ‘धेरै समयका लागि श्रीमानसँग टाढा हुँदा सेक्सटिङ र फेसटाइम सेक्समा विश्वास गर्नुहुन्छ’ भन्ने प्रश्नमा नायिका प्रियंकाले तत्काल जवाफ दिइन्, ‘पक्कै पनि’ ।
विवाहमा कसले सबैभन्दा राम्रो उपहार दियो भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘सबैभन्दा राम्रो कुरा त के हो भने केभिनले हामीलाई वाइनको सयौं बोतल ल्याइदिए र जोले यस्तो फ्रिज उपहारमा दिए जुन खोल्दा कारजस्तो देखिन्थ्यो ।’
प्रियंकाले यसअघि लामो सम्बन्धका लागि एकअर्कामा विश्वास र सम्मान हुनुपर्ने बताएकी थिइन् ।