सुहाना सफल हुने झरनाको विश्वास
काठमाडौं । कुनै बेलाकी चर्चित अभिनेत्री हुन् झरना थापा । पछिल्लो समय अभिनय छोडेर निर्देशनतिर लागेकी छिन् ।
‘ए मेरो हजुर २’बाट निर्देशनमा डेब्यू गरेकी झरनाको निर्देशनमा बनेको दोस्रो फिल्म ‘ए मेरो हजुर ३’ यही चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई झरनाका श्रीमान सुनिलकुमार थापाले निर्माण गरेका हुन् भने छोरी सुहाना थापाले सोही फिल्मबाट डेव्यू गरेकी छिन् ।
बुधबार झरनाको जन्मदिनको अवसरमा सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सो कार्यक्रममा झरनाले छोरी सुहानालाई आफू हिँडेको बाटोमा ल्याएको बताउँदै भनिन् ‘छोरी सुहानालाई आजदेखि फिल्म उद्योगमा छोडदैछु उसलाई तपाईहरुको आर्शिवाद र साथको खाँचो छ ।’
आफूले आमा भएर नभएर एउटा निर्देशक भएर हेर्दा सुहाना दर्शकको मन–मस्तिष्कमा बस्न सफल हुनेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।
सो फिल्ममा सुहानाले अहिलेका चर्चित अभिनेता अनमोल केसीसंग जोडी बाँधेकी छिन् । फिल्मले एउटा स्टार र फ्यानको प्रेम भन्ने झरनाले बताएकी छिन् ।
फिल्ममा अनमोल, सुहानाका साथमा अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतको अभिनय छ ।