पूर्व अर्थराज्यमन्त्री राणाले पीडित परिवारको गास बासको यथाशीघ्र व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी हावाहुरीबाट भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको जनाएका छन् ।

राणाले आइतबार बिहान फेसबुकमा स्टाटस लेखेर बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका राणाले घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था होस्’, उनले भनेका छन्, ‘पीडित परिवारको गास र बासको यथाशीघ्र व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु । पार्टीका स्थानीय साथीहरूलाई दुखद् क्षणमा राहत वितरण र उद्धारमा सहयोग गर्न आग्रह गर्दछु ।