हावाहुरीबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ४०० घाइते
काठमाडौं- आइतबार साँझ आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । पर्सा र बारामा आएको हुरीले घर भत्किनुका साथै बिजुलीका पोल ढलेर २५ जनाको मृत्यु भएको हो ।
घटनामा अन्य ४०० घाइते भएका छन् ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । घटनामा उद्धारका लागि हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् ।