‘अमेरीकन बाबु मेड इन नेपाल’ सिधै युट्युबमा
काठमाडौं । चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ हलमा प्रदर्शन नगरी सिधै युट्युबमा सार्वजनिक गरिएको छ । अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपालका’ निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवालासंग बारम्बार ताकेता गर्न नसकेको कारण चलचित्र सिधै ‘ड्रिम्स गेट नेपाल’को अफिसियल यूटुव च्यानलमा मा सार्वजनिक गरिएको निर्देशक ईश्वर थापाले बताएका छन् ।
ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्रले लगानीको ८० प्रतिशत यूएसए र क्यानडामा भएको प्रदर्शनबाट उठाइसकेको बताइएको छ । बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरी, जंगबु शेर्पा, सुरेन्द्र बास्तोलालगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।