एकै अस्पताल ९ नर्स एकै पटक गर्भवती !
अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएका छन् । उनीहरु डेलिभेरी युनिटमा कार्यरत सबै सहकर्मी भएको बताइएको छ । उनीहरु एकैसाथ गर्भवती भएको र बच्चा जन्मिने मितिसमेत लगभग उस्तै रहेको बताइएको छ । ओरिजन राज्यस्थित पोर्टल्यान्डमा रहेको मेइन अस्पतालका अनुसार अस्पतालमा कार्यरत नर्सहरुले यसै वर्षको अप्रिल र जुलाईमा बच्चा जन्माउने छन् । मेइन अस्पताले ९ जना नर्सलाई सामाजिक सन्जालमा शुभकामना दिएको छ । साथै सबैले सामूहिक तस्बिर समेत खिचाएका छन् । अस्पतालले आफूहरुसँग पर्याप्त नर्स भएका कारण ढुक्क भएर आमाको भूमिका निर्वाह गर्न उनीहरुलाई शुभकामना सन्देश जारी गरेको छ ।