एनआईसी एसिया बैंकको ‘चामत्कारिक’ निक्षेप योजना

काठमाडौं । एनआईसी एसिया बैंकले स्थापनाको २२ वर्ष प्रवेश गरेको अवसर पारेर उच्च ब्याजदरका निक्षेप योजना सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न विशेषतासहित १५ नयाँ चामत्कारिक बचत निक्षेप योजना एकैसाथ सार्वजनिक गरेको हो । बैंकले आफ्ना ग्राहकलाई उपयुक्त ‘चामत्कारिक बचत खाता, चामत्कारिक नारी बचत खाता, चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चामत्कारिक बाबुनानी बचत खाता, चामत्कारिक विद्यार्थी बचत खाता, चामत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरूलाई केन्द्रित गरी ल्याइएको चामत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिवृद्धि गर्ने बैंकको विश्वास छ ।
निक्षेप योजनामा ग्राहकले १५ लाखसम्मको दुर्घटना बीमा र १५ लाखसम्मको १८ घातक रोगको बीमा तथा १ लाख ५० हजारसम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको योजनामा २२ चामत्कारिक फाइदासहित ल्याइएको योजनाले सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
यी चामत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभर रहेको आफ्ना २ सय ८१ वटै शाखा कार्यालय तथा अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा अन्य अतिरिक्त योजना पनि छन् । जसमा नेपालमै पहिलो पटक ‘स्वाईप इन–स्वाईप आउट’को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाइने छन् । देशैभरी रहेका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चामत्कारिक फाइदासमेत प्रदान गरिने गरी चामत्कारिक बचत खाताको योजना ल्याइएको बैंकले जनाएको छ ।
चामत्कारिक बचत योजना अन्तर्गत सुन तथा चाँदीका सिक्काहरू प्रदान गर्ने योजनाका साथ चामत्कारिक नारी बचत योजना, घरमै बैंकिङ सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चामत्कारिक ज्येष्ठ नागरिक बचत योजना तथा थप चामत्कारिक सुविधाका साथ चामत्कारिक बाबुनानी बचत योजना सार्वजनिक गरेको छ ।
चामत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चामत्कारिक फाइदाको साथ चामत्कारिक तलब बचत योजना पनि बैंकले ल्याएको छ ।