‘रेडियोका २५ सय श्रोता एकै साथ मरे’

गुल्मी । साँझ पर्न आँटेको बेला एक जना परिचितको फोन आयो । उठाई सके पछि यस्तो भनाई आयो–‘के गर्नु विहान सम्म त तपाईहरुको रडियो यहाँ घन्किएको थियो तर दिउँसो त्यस रेडियोका २५ सय श्रोता एकै साथ मरे पछि अहिले सुनसान छ ।’
यताबाट कुरो खास स्पष्ट बुझिएन नि ? भन्ने सवाल गर्न नपाउँदै उतैबाट थपियो–‘ती २५ सय मध्ये २ हजार व्रोईलर र ५ सय लोकल श्रोता थिए ।’
उनी अर्थात गुल्मीको सदरमुकाम तम्घासका पुराना मोवाईल पसले तेजेन्द्रकुमार श्रेष्ठ हुन् । जो नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष समेत रहेकोले उनको त्यो भनाईलाई गफगाफ भन्न सकिदैनथ्यो । तर ठट्टा जस्तो लागे पनि उनको कुरा सहि रहेछ ।
किनकी हरेक कुखुरा फर्ममा एउटा रेडियो झुण्डाएर विहान रेडियोको स्टेशन खुलेदेखि राती बन्द नहुने बेलासम्म घन्काईदो रहेछ । जसबाट कुखुराहरु मन्त्रमुग्ध भएर सुन्ने र भुल्ने हुँदा त्यसरी रेडियो बजाईदो रहेछ ।
श्रेष्ठले मोवाईल पसलसंगै कृषि र पशुपालनको क्षेत्रमा पनि केहि गरेर देखाउने उद्देश्य राखेर पुख्र्याैली घर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ छत्रगञ्जमा छत्रदेव एकिकृत पशु तथा कृषि फार्म सञ्चालन गरेर केहि महिना अघि मात्र ठुृलो परिमाणको लगानी गरेका थिए । दुर्भाग्यवस एउटै कुखरा ३ देखि ५ किलो सम्म भई बेच्नै लागेको बेला एकै साथ अज्ञात रोगले मरेको श्रेष्ठले दुखेसो सुनाए ।
‘मलाई थाह थिएन विमा गर्नु पर्ने रहेछ नगर्नाले झण्डै १२ देखि १५ लाख घाटामा छु, श्रेष्ठले भने–‘ कसरी पुर्ति गर्ने होला ? ’केहि दिन अघि गुल्मी कै ईस्माका एक जना कुखरा पालकले पनि एकै साथ रेडियोका ५ हजार श्रोता (कुखरा) मरेको दुखेसो गर्दै थिए ।
कुखरामा लागेको अज्ञात रोगलाई स्थानीयले रानीखेद रोग लागेको भन्ने गरेको श्रेष्ठ बताउँ छन् । पछिल्लो चरण गुल्मी र अर्घाखाँचीमा त्यही अज्ञात रोगका कारण कुखुरा मरेर कृषकहरु मर्कामा परेका छन् ।