व्यावसायिक योजना परिमार्जन तथा ऋणमा पहुँच कार्यशाला गोष्ठी सम्पन्न
काठमाडांै । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तत्वावधानमा काठमाडौँमा जेठ ६ देखि १० गते सम्म आयोजित ‘व्यावसायिक योजना परिमार्जन तथा ऋणमा पहुँच कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । गोष्ठीमा प्रतिष्ठानले आ.व. २०७३÷७४ देखि वार्षिक रूपमा आयोजना गर्दै आएको ‘स्टार्टअप बुट क्याम्प’ का तीन ब्याचका विभिन्न उद्योग व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय अभिवृद्धि गर्न चाहने १२ जना सहभागी र राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आई.एम.ई. बैंक, मेगा बैंक र लक्ष्मी बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको पूर्वाद्र्धमा स्टार्टअपका सहभागीले आफ्नो व्यवसायको परिमार्जित व्यावसायिक योजनाको प्रस्तुतीकरण गरेका थिए भने कार्यव्रmमको उत्तराद्र्धमा सहभागी पाँच बैंकका प्रतिनिधिले नेपाल सरकारका बैंकिङ नीति र सहुलियत पूर्ण कर्जा प्रवाहका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यव्रmममा सहभागीहरू र बैंकका प्रतिनिधिहरू बीच अन्तव्रिर्mया भएको थियो । सहभागीहरूलाई वित्तमा सहज पहँुचहोस् भन्ने उद्देश्यले यो कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक आनन्दबहादुर श्रेष्ठले सहभागी उद्यमीहरूलाई हौसला प्रदान गर्नुभई आगामी दिनमा पनि प्रतिष्ठानले उद्यमीहरूलाई निरन्तर आवश्यकीय सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । प्रतिष्ठानले आगामी दिनमा पनि सरकार र निजी क्षेत्रबीच समन्वय गर्दै ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को नारा सफलीभूत बनाउन भूमिका खेल्ने जानकारी दिनुभयो ।