राष्ट्रिय गौरवको आयोजनालाई सबै मिलेर सफल पार्नुपर्छ

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी विवाद

गरिब, दुःखी, पीडित सबै बर्ग तह र तप्काका मानिसले आफ्ना कुरा राख्ने समान हक र अधिकारको प्रत्याभूति पाउने छन् भनी गरिएको राजनीतिक परिवर्तनबाट प्राप्त अधिकारको उपयोग गर्दै केही कुरा राख्न सान्दर्भिक ठानेको छु । विभिन्न माध्यमबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी घटनाको विषयमा प्रकाश कँडेलका बारेमा सबैभन्दा बढी चर्चा परिचर्चा भयो । त्यो हुनु अस्वाभाविक थियो हामी भन्दैनौं । पछिल्लो घटनाक्रमलाई समीक्षा नगरी हेर्दा उहाँ दोषी देखिनु भयो । घोडा चढ्ने मानिस कहिलेकाहीँ लड्छ, त्यस्तै काम गर्ने मानिसमा पनि कहिलेकाहीँ भूल हुन्छ ।
हाम्रो दृष्टिमा अहिलेसम्म उहाँ एउटा राजनीतिक पात्रभन्दा बढी सामाजिक पात्र हो । समाजमा उहाँको योगदान प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै छ । समाजमा जोसुकैलाई आपतविपद् र अप्ठेरो पर्दा रातविरात नभनी आफ्नो काम छोडेर निःस्वार्थ रुपमा समाजको कामका लागि खटिने मानिस हो । आफ्नो कामले काठमाण्डू जाँदै गर्दा मलेखु कटिसकेर पनि त्यहीँबाट फर्केर समाजका टोलवासीका बिरामीलाई अस्पताल पु¥याउने मानिस हो । उहाँको छिमेकमा अहिलेसम्म कालोपत्रे हुन नसकेको बाटो उहाँकै पहल र सक्रियतामा साढे दुई महिनामा कालोपत्रे भएको छ । जसको लक्ष्य ५ महिनाको थियो । मठमन्दिर गुम्बा, स्कुल, कलेज जस्ता संस्थालाई आवश्यक पर्दा सक्दो सहयोग गर्नेमा उहाँको नाम प्रायः टप फाइब भित्रै पर्छ । यो उहाँले केही काम गरेर त केही विदेश भएका आफ्ना दाजुको कमाइमा गर्नुभएको छ । उहाँको एउटा कन्स्ट्रक्सन कम्पनीमा साझेदारी छ, अहिले त्यो कम्पनी पनि खासै चालू छैन । त्यसको कारण उहाँको व्यावसायिक दृष्टिकोणभन्दा सामाजिक भावना हो ।
९९ वटा सही काम गरेको मानिसको गुनलाई एउटा काम गर्ने प्रकृयामा विनासमीक्षा गल्ति देखाउँदै अपराधी र देशद्रोही भयो भनी उसको जीवन नै सिध्याउने गरी मानमर्दन गर्न मिल्छ ? बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल सड्छ भन्ने नेपाली उखान परिवर्तित संघीय लोकतान्त्रिक गणतन्त्रले पनि आत्मसात गर्न खोजेको हो ? यो घटनाको नेतृत्व गर्ने प्रकाश कँडेलको आडमा उहाँको बुवा, आमा वा अन्य नजिकको हितकारी नातेदारको बलियो राजनीतिक नेतृत्व हुन्थ्यो भने उहाँलाई यो तहको दण्ड, सजाय वा कार्वाही र मानमर्दन गर्ने कुरा आउँदैनथ्यो भन्ने कुरा कैयन् घटनाका दृष्टान्तले बताएको छ ।
अहिलेको शासनमा पनि कसैलाई सुध्रिने मौका नदिई निरीह बनाएर ओरालो लागेको हरिणलाई खेदेझैं खेदेर उसको राजनीतिक र सामाजिक जीवन सिध्याउने हो भने बर्गसंघर्षका कुरा गर्दै आवाजहीनहरूको हितमा काम गर्ने आदर्श बोकेको पार्टी भन्दै बन्दुक बोकाएर यहाँसम्म ल्याएको औचित्य रह्यो ? हिजो चुनावमा त्यहीँ मान्छेलाई जसरी पनि चुनाव जित्नु पर्छ मतपत्र च्यात भनेर उक्साउने र मतपत्र च्यातेर भए पनि चुनाव जित्ने काम कुरो सही हुने आज सोही पार्टीलाई अहिलेको घटना महाभारत मच्चाएको हुने ? यो घटनामा कति क्षति भएको छ ? कुन कारणले र कस्का लागि यो घटना भएको छ भन्ने नबुझी कडाभन्दा कडा कार्वाहीको कुरा ल्याएर मुद्दा चलाउने सर्वदलीय बैठकको निर्णय गराउने ? अहिले खुल्ने बाटोमा घटनाका मुख्य दोषी भनिएका प्रकाश कँडेलको घर जग्गा केही पर्दैन । जस्को पथ्र्यो उहाँहरूले हाम्रो त उठीबास लाग्ने भयो नेता भने पनि समाजको अगुवा भने पनि यो काम गर्न सक्ने मानिस तपाईं नै हो तपाईले यसको अगुवाई गरिदिनु प¥यो भन्ने अनुरोधलाई एउटा नेताले स्वीकार्ने कि नस्वीकार्ने ? स्वीकार्ने क्रममा काम गर्ने कार्यशैलीमा समीक्षा गर्दा त्रुटि देखिएला वा नदेखिएला । तर महान गल्ति भएको छ, यस्तो गल्ति आजसम्म कसैले गरेको छैन र भोलि पनि गर्दैन भन्न मिल्दैन । यो पीडितहरूका तर्फबाट गरिएको विद्रोह हो । विद्रोह हुँदा के के भए र हुन्छन् भन्ने कुरा विद्रोहको राजनीति गरेर आउनुभएका तपाईंहरू सबैलाई थाहा छ ।
राज्यले कानुनतः त्रुटी देखेको कुरामा उसको के कति र कस्तो गल्ति छ सो को सुक्ष्म अध्ययन, अनुसन्धान र मूल्यांकन गरेर कार्वाही अगाडि बढाउन सक्छ । तर सोको प्रकृति र कारण नै नबुझी जनताका लागि काम गरेको एउटा अगुवाले सम्भावित पीडितको आग्रहमा बाटो खोल्ने उद्देश्यका लागि गरिएको कार्यशैलीमा केही कमजोरी भयो भनी गल्ति देखाएकै कारण ठूलै अपराधीका रूपमा दण्डित गर्नुभन्दा आपूmलाई थप जिम्मेवार र जवाफदेही बनाउँदै लैजाने प्रतिबद्धता जनाउने मौका दिनु सुशासनयुक्त प्रशासनको छनक हुनेछ ।
गल्ति नै भएको रहेछ भने पनि जेल गल्ति गर्नेलाई कडा कार्वाही गर्ने ठाउँ तब हो जब उसले गल्तिको महसुस गर्दैन र सुध्रिने प्रतिबद्धता गर्दैन । उहाँलाई त समाचार र सामाजिक सञ्जालले नै चोट पु¥याएको जानकारी प्राप्त भैसकेको छ र त्यो नै उहाँजस्तो सामाजिक राजनीतिक व्यक्तिका लागि हदभन्दा बढी कार्वाही हो ।
रंगशालाको विषयमा प्रवेश गर्दा उहाँले रंगशालालाई वडा नं. १६ का उद्योगी, समाजसेवी र यहाँका बासिन्दाबाट गरी १०–१२ करोडसम्म सहयोग उपलब्ध गराउन सक्ने बचन निर्माणपक्षलाई दिइरहनु भएको हो र दिन सक्ने ल्याकत पनि राख्नुहुन्छ । स्थानीय स्तरबाट त्यति सहयोग उठेको लहरले रंगशाला निर्माणमा गति मात्रै दिन्न धुर्मुस सुन्तलीसँगै सारा नेपालीको सपना साकार पार्न सकारात्मक भूमिका निर्वाह गर्छ भन्नुभएको थियो । बाटोको विवादमा फाउण्डेशन सजग रही त्यसको जिम्मेवारी भरतपुर महानगरपालिका लगायतका अन्य सरोकारवाला निकायले लिनुपर्ने उहाँको जनपक्षीय तर्क थियो । रंगशालाप्रति उहाँको विरोध थिएन बरु यो राष्ट्रिय गौरवको आयोजनालाई सबै मिलेर सफल पार्नुपर्छ है भनिरहनु भएको थियो र अझै पनि आपूm थप जिम्मेवार भएर अघि बढ्न तयार रहेको बताइरहनु भएको छ । कानुनी राज्यमा राज्य कौवाले कान लग्यो भन्दैमा कौवाको पछि दगुर्ने कि कौवाले कान लैजान सक्छ कि सक्दैन, सक्छ भने कसरी लग्यो भनेर खोजी गर्ने भन्ने कुरा राख्न मिल्ने कि नमिल्ने ?
फाउण्डेशनको तर्फबाट घटनाको दिनको विज्ञप्ति निकाल्न म पनि लागेको हुँ । त्यसको भोलिपल्ट १६ गते सुरक्षाको प्रत्याभूति भएकाले काम गर्ने वातावरण मिल्यो १७ गतेदेखि नै काम शुरु गर्ने भनी फाउण्डेशनबाट विज्ञप्ति तयार गर्ने काममा पनि म संलग्न थिएँ । पछि के कसो भएर काम स्थगित गरी नयाँ प्रकृयामा लाग्ने क्रममा केही टोल विकास संस्थाका प्रतिनिधिलाई बोलाई दबाबमूलक बैठकबाट निर्णयहरू गराइयो ती निर्णयमा तानाशाहीपन झल्किन्छ र त्यसबाट पुनः पीडितको मन कुँडिएको छ । प्रत्यक्ष लाभान्वित हुनेहरूमध्येकै मन कुँडाएर उनीहरूबाट कस्तो सहयोगको अपेक्षा राख्ने ?
यो घटना सत्य हो केही दशकअघि एउटा गाउँमा एकजना सज्जन भलाद्मीको मत्यु भयो भनियो । गाउँलेहरू धेरै टाढाबाट रासन पानी लिएर आएका थिए । बीच बाटोमा आउँदा ती भलाद्मीको मृत्यु भएको सुनेर उनीहरू विक्षिप्त भए र रासनका बोरा नदीमा बगाउन खोज्दै भने त्यस्ता सज्जन त मरे भने हामीलाई यो रासन किन चाहियो ? हामीले अब किन खानुप¥यो ? जे जे खाए पनि मर्नु पर्दोरहेछ । अनि त्यहीँबेला बाटोमा भेटिएका एक सज्जनले भने,–आवेगमा नआउनुस् एकछिनपछि भोक लाग्छ र तपाईंहरूले जब भोक खट्न सक्नुहुन्न तब त्यो अन्न चाहिन्छ । उनीहरूले ती सज्जनले भनेको माने र चामल जोगाए । नभन्दै घर पुगेपछि भोकले खपिनसक्नुभयो र त्यहीँ चामल झिकेर खान थाले । यो प्रसंगमा मृतक भनिएको भलाद्मी रंगशाला हो जसलाई मृतकजस्तो बनाइएको छ । रासन प्रकाश कँडेल हो रासन बोक्नेहरू अहिले प्रकाश कँडेलका विरुद्ध उत्रिएको जनलहर हो र बाटोमा भेटिएका सज्जन कुनै एक अदृश्य तर बुद्धिमान मानिस हुन् । अहिले प्रकाश कँडेल नामक रासनलाई नदीमा बगाउन खोजिएको छ । बुद्धिमान मानिस अहिले देखिएका छैनन् । देखिए भने बगाउन खोजिएको प्रकाश कँडेल नामक रासनलाई बचाउने छन् । देखिएनन् भने प्रकाश कँडेल नामक रासन बग्नेछन् र जनता भोकभोकै हुनेछन् । त्यो बुद्धिमान मानिस देखियोस् उसका कुरा मानियोस् र प्रकाश कँडेल नामक रासनलाई बग्न नदिएर यहाँका सारा जनतालाई बचाइयोस् भन्ने हाम्रो परिवारको आसय हो । साथै, त्यसमा संलग्न अन्य कोही समाजसेवी हुन् भने कोही प्रत्यक्ष प्रभावित हुन् तिनीहरूलाई पनि सुरक्षाको प्रत्याभूतिसहित रिहा गरियोस् । होस्टे र हैसे गर्नेहरू जसरी रंगशालालाई आवश्यक छ त्यसरी यो समाजलाई पनि आवश्यक छ । चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड भएका यी सबैको स्वास्थ्यलाभको पनि कामना गर्दछौं ।
र अन्त्यमा, निर्माणाधीन रंगशाला यहीँ बन्नुपर्छ, बनोस् । यस क्रममा कसैको अनावश्यक चलखेलबाट प्रभावित नभई सबैका लागि सधैंका लागि यो रंगशाला समृद्धिको आधारस्तम्भ बनोस् यसमा हामी सबैको सहयोग र समन्वयको खाँचो छ । अबका दिनमा यसको निर्माणकार्य र पछि पनि न्यायिक र सिष्टमेटिक होस् यहीँ कामना गर्दछौं ।
(कँडेलका परिवारको तर्फबाट सापकोटाले २०७६ जेठ १८ गते जारी गरेको पे्रस विज्ञप्तिमा आधारित)