जलेर कुरुप बनेका ढोरपाटनको ४८ घरधुरी चिटिक्क बने

बुटवल । भूकम्प गएको यतिका बर्ष बित्दा समेत कैयौ भूकम्प पीडितका घरहरु नबनि रहेको बेला बाग्लुङ्ग ढोरपाटनको उच्च पहाडी भेगमा भने आगोलागी भएको ६ महिनामै त्यहाँका अग्नी पीडितका घरहरु चिटिक्क पारेर बनाई सकिएको छ । गत मंसिर ९ गते राती ढोरपाटन नगरपालिका ९ मा रहेको नबी गाउँमा आंशिक सहित ४८ वटा घरहरु जलेर खरानी भएका थिए ।
ढुङ्गाले छाएका सुन्दर घरहरु रातौरात रणभुमी जस्तै कुरुप पारिएको थियो । जाडोयाम भएकोले सदाका बर्ष झैं माथी उच्च पाहडी ढोरपाटन भेलीबाट तलको बेसी घर बोवाङ्ग घर झरेर ती ४८ घर परिवारमा कुनै मानविय क्षति भने भएको थिएन ।
उक्त गाउँ जलेर मरुभूमि जस्तै बनेको बेला नगरपालिकाले प्रति घरधुरी एक एक लाख रुपैयाँ र ढोरपाटनका मेयर देवकुमार नेपालीले ब्यक्तिगत प्रत्येकलाई निलो जस्ता पाता र सोलर उपलब्ध गराए पछि हिउँ लाग्ने यामका बावजुद पनि छोटो अवधी मै ती सबैका घर निर्माण भएका हुन । उनिहरु सबै दलित समुदाय हुन ।
के भन्छन् त अग्नी पीडितहरु ?
‘मध्ये रातमा हाम्रा घरहरु जलेर खरानी भए । अन्नपात कपडा लत्ता सबै जलेर नष्ट भए । हामी सबैको आँशु बगे’– ढोरपाटन उपत्यका नबी गाउँका अग्नी पीडित दिलिपकुमार बिकले भने–‘अहिले हाम्रो आँशु हाम्रा मेयर देवकुमार नेपालीले पुछि दिनु भएको छ ।’
मानिसहरु नभएको मौका छोप्दै र त्यहाँ रहेको सेना र प्रहरीको समेत झट्ट नजर नपर्ने ठाउँको वस्तीमा शुनियोजित ढंगले गराईएको आगजनी निकै रहश्यमय छ । आगो लगाउने ब्यक्तिका रुपमा त्यहाँका एक जना मानसिक सन्तुलन विग्रेका ब्यक्तिले गराएको भन्ने पारियो ।
तर ढुङ्गाले छाएको घरको आगो एकदेखि अर्को घरमा सल्किने र एक जनाले मात्रै जलाउनै नसक्ने अनुमान सहजै गर्न सकिन्छ । हालसम्म पनि पर्दा भित्रै रहेका आगजनी गर्ने अज्ञात ब्यक्तिहरुको खोजी हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्छन् स्थानिय अगुवा भद्रमणि सुनार ।
‘एक जनाले त कदापी सवै घरमा एकै साथ आगो लगाउन सक्दै सक्दैन, ठुलो समुह र शुनियोजित लाग्छ’–उनले भने–‘उद्धार गर्न आएको सेनाको टोलीले चारै तिर घेराउ गरि खोज्दा पनि पत्ता लाग्न सकेन हामी दुखी र थप त्रासमा छौ ।’ उनले थपे–‘घर संगै जलेको मनमा मेयर सावले तत्काल आएर मलम लगाई दिने काम गर्नु भएकोले उहाँको नाम देवकुमार होईन देवता पुकार्ने गरेका छौं ।’
एकल महिला रहेकी र कसैको सहारा नभएकी तुल्सी बिकले आँशु झार्दै भनिन्– जलेर खरानी भएको घर बनाउने मेरो के उपाय हुन्थ्यो र ? छोराले फर्केर हेरेनन । साहरा दिने एउटी छोरी थिई । उसको उपचार गर्न नसकेर पाँच बर्ष अघि मृत्यु भयो ।
यहि पाँच बर्षको टुहुरो नाती पालेर बसेकी छु । म आफैलाई ज्यान पाल्न आपत छ, त्यही भएर वुर्तिवाङ्गका होटलमा जुठा भाँडा माझ्न जान बाध्य भयो यो वाल्खा (वालक) नाती । यस्तो अवस्थाकी मेरो जलेको घरमा मेयर सावले घर बनाई दिएर हाम्रो आँशु पुछ्नु भएको छ । उहाँलाई हामी सधै देवता जस्तै ठानेर साथ दिने छौ ।’
त्यहाँका युवा समाज सेवी दिलिपकुमार बिक भन्छन्–‘यसरी तत्काल राहत प्रदान गर्दै मेयर देवकुमार नेपालीले एक एक लाख नगरपालिकाबाट उपलब्ध गराउनु भयो । त्यसले घर बनाउन पुग्ने थिएन । त्यसैले उहाँले आफ्नो ब्यक्तिगत तर्फबाट निलो जस्ता पाता र घर घरमा सोलर दिने घोषणा गरे अनुरुपम घर बनाएर सकियो । अब केहि ट्वाईलेट बनाउन मात्रै बाँकी छ धेरैले बसोवास गर्न समेत सुरु गरेका छन ।’
त्यस नबी गाउँमा झण्डै ४ सय घरधुरी छन । ती मध्ये अधिकांसको शौचालय छैन । जलेका ती ४८ घरधुरीको पनि उति बेला शौचालय छैन । अहिले ति सबैमा शौचालय अनिवार्य बनाउनु पर्ने मेयर नेपालीको आग्रह अनुसार प्रत्येक घरमा धमाधम शौचालय बनाईदै छ ।
पहिलो किस्ता २५ हजार दिईयो, हामीले पनि आफै डकर्मी र कर्मी काम ग¥यौ अब बाँकी किस्ता बुझ्ने आशमा छौं तुलविर बिकले भने हामी हाम्रा जनप्रतिनिधीबाट एकदम खुशी छौं ।
ढोरपाटन नगरपालिका वडा नम्वर ८ वोवाङ्गका उनिहरुको पुर्खेयौली घर–सम्पत्ती माथी वडा नम्वर ९ को नाबी गाउँमा बर्षको एक सिजन बसोवास गर्छन । उनीहरु बिश्वकर्मा जातीका पुरै दलित समुदाय हुन । ढोरपाटन जनवादी आधारभुत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारले आगो लागी भई बसोबास नहुँदा त्यहाँका बालबालिकाको पढाईमा समेत असर परेको बताए ।
वडाध्यक्ष नन्दे सुनारका अनुसार अब छिट्टै घर सम्पन्न गरि हस्तान्तरण गरिदै छ । उनिहरुलाई बाँकी किस्ता दिने काम पनि हुँदै छ । वोवाङ्ग स्थित नयाँ पुस्ता नेपालका अध्यक्ष कुशलकुमार बिश्वकर्माले मेयर देवकुमार नेपाली सहितका जनप्रतिनिधी कर्मचारी, सुरक्षा निकायले तत्कालको राहत प्रदान देखि घर निर्माण गर्ने बेला सम्म देखाएको तदारुकताले अग्नी पीडितहरु बिगतको पीडालाई भुलेर बर्तमान संग रमाउन र मेयरको व्यक्तिगत सहयोग प्रति कृतज्ञ भएको बताउँ छन् ।
ढोरपाटनका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेले आगमी असार १५ भित्र प्रतिघर धुरी १ लाख रुपैयाँ दिने निर्णय अनुसार बाँकी किस्ता दिई घर हस्तान्तरण गरिने बताए । पुरै घरलाई जस्ता पाता र सोलार मेयरको ब्यक्तिगत सहयोग रहेको उनले जनाए । मेयर देवकुमार नेपालीले त्यतिले मात्र नभई आगमी बर्षहरुमा आय आर्जन मुलक कार्यक्रम समेत सञ्चालन गर्नु पर्ने बताउँदै आएका छन ।
विद्यालय भवन शैलीका लामो खालका घरहरुमा कतिपयमा दुई परिवार त कतिपयमा तीन परिवार समेतको घर बनाईएको छ । एक परिवार बराबर दुई कोठा, एकमा सुत्ने अकोर्एमा भान्छा राखन धरान गर्ने गरि बनाईएको छ । साईडमा शैचालय बनाईएको छ ।