रिहाईपछि के भने प्रकाश कँडेलले ?

रंगशाला प्रकरण

चितवन÷रंगशालाको साँध पर्ने बाटो बनाउने क्रममा रंगशाला भत्काए भन्ने आरोपमा पक्राउ परेका बन्दीले रिहाईपछि स्थानीय जनताबाट ठूलो सम्मान पाएका छन् । र उनीहरूले रंगशाला निर्माणमा जुट्ने ऐक्यबद्धता दोहो¥याएका छन् । उनीहरूले शुरुदेखि नै यो राष्ट्रिय गौरव आयोजनामा लाग्न आब्हान गर्दै ऐक्यबद्धता जनाएका थिए । रामपुरदेखि शान्तिचोक जोड्ने बाटोले रंगशालालाई सहजै निकास दिनुका साथै पश्चिम चितवनको विकासमा ठूलो टेवा पु¥याउने स्थानीयको ठहर छ ।
भ्रामक समाचारको शिकार भएका उनीहरूले पत्रकार सम्मेलन मार्फत भनेका छन्,– धुर्मुस सुन्तली आएर फेरि काम शुरु गरौं भन्ने वातावरण बनिसकेको छ, खाडीमा दुःख गरेर बन्न लागेको जनताको रंगशालामा अरु जनताको पनि पसिना छ, त्यसैले सिष्टम र पारदर्शिताको कुरा गरेका थियौं र छौं, त्यसो भएमा काँधमा काँध मिलाएर अघि बढ्न र क्रमशः १० करोड रुपैयाँसम्म सहयोग जुटाउने प्रतिबद्धता पनि जाहेर गर्छौं पत्रकार सम्मेलनमा प्रकाश कँडेलले भने । बाटोका लागि काम गर्दा उत्पन्न भ्रमबाट सिर्जित अवस्थाले चोट पुगेका मनहरूप्रति दुःख व्यक्त गर्दछौं । पछिल्लो पटक छुटेका ४ बन्दीको संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसका साथै, प्रकाश कँडेल र भैरव बस्ताकोटीले संयुक्त वक्तव्य जारी गर्दै हतारमा भएको पार्टीकार्वाही फिर्ता लिन पनि माग गरेका छन् ।
यस्तो छ विज्ञप्ति –
मिति ः २०७६।०२।२८
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजना हो । उक्त रंगशाला रामपुरमा नै बन्ने निर्णयले हामी स्थानीय वासिन्दालाई अत्यन्त खुशी तुल्याएको थियो । उक्त रंगशाला निर्माणका निम्ति स्थानीयवासीहरूले आर्थिक, भौतिक, नैतिक सबैखाले सहयोग गरिरहेका थिए । यसै सन्दर्भमा स्थानीयवासीहरुले रंगशालाको पश्चिमपट्टिको शान्ति चोकदेखि रामपुर बजारसम्मको बाटो बिस्तार एवं फराकिलो बनाइनु पर्ने माग राख्दै आइरहेका थिए । जुन बाटो रंगशालाको निम्ति पनि आवश्यक थियो । उक्त बाटोको सन्दर्भमा स्थानीयवासीहरुसँग वडा अध्यक्षको रोहबरमा बसेको भेलाले ३१ मिटरको बाटो कायम गरिने साथै राज्यको ८० र जनताको २० प्रतिशत जग्गा साझेदारी हुने गरी सहमति भई वडाध्यक्षमार्फत महानगरपालिकालाई पत्राचार गरिएको थियो । उक्त बाटोको विषयमा महानगरपालिकाका मेयरसहित महानगरपालिकाको सचिवालय, प्रमुख प्रशासकीय अधिकृत साथै धुर्मुस सुन्तली फाउण्डेशन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग पटक पटक छलफल र वार्ता भईरहेको थियो । उक्त वार्ता र छलफलको मर्म विपरीत रंगशालाको पश्चिमपट्टि जस्तापाताको बार लगाउने काम शुरु भयो । जस्ताको बार लगाउने काम रोकी महानगर सचिवालयसँग वार्ताको अनुरोध गरिएको थियो । विकासलाई स्थानीय सरोकारको विषयसँग जोड्न सकिएन, जनताको आवाज दमन गर्ने वातावरण सिर्जना भयो । जनता आक्रोसित भए, जस्ताको बार भत्काए, जुन दुःखद् हुन गयो । उक्त घटनापश्चात स्थानीय जनताको आवाजलाई व्यक्तिको मुद्दा बनाउने दुष्प्रयास भयो । सत्यतथ्य नबुझिकन मिडियाबाजी यस्तो गरियो कि रंगशाला पूर्ण रुपमा निर्माण भईसकेको थियो । त्यसैलाई वम नै विष्फोटन गरी ध्वस्त पारिएको जस्तो गरी चरित्रहत्या गर्ने काम गरियो । यसखालको प्रचारवाजी भएकोमा हामी खेद प्रकट गर्दछौं । साथै, प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन एवं अनेरास्ववियूद्वारा र भैरव बस्ताकोटीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा निलम्बन गरी कार्वाही गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त घटना स्थानीय जनताको सरोकारलाई बेवास्ता र न्यायोचित आवाजको दमनबाट सिर्जित वातावरणको उपज हो । विकासलाई स्थानीय जनतासँग जोड्ने दृष्टिकोण नै वामपन्थी दृष्टिकोण हो र जनतासँग स्थानीय विकासलाई जोड्न नसक्नु सम्बन्धित निकायको भूल हो । न्यायप्रेमी जनताको आवाज सम्बोधन हुनुपर्छ भन्दा गरिएको कार्वाही अन्यायपूर्ण छ । कम्युनिष्टहरु कसैलाई पनि अन्याय गर्दैनन् र सहँदैनन् पनि । त्यसकारण अन्यायपूर्ण कार्वाही फिर्ता लिन माग गर्दछौं ।
अतः धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हाम्रो साथ सहयोग रहँदै आएको थियो र आगामी दिनमा पनि पूर्ण साथ सहयोग रहने विश्वास व्यक्त गर्दछौं । साथै, स्थानीय जनताको माग अनुरूप डी.पी.आर.सँगसँगै शान्तिचोकदेखि रामपुर बजारसम्मको बाटो बिस्तार एवं कायम गर्ने सहमति भएको खुशीयाली बाँड्न चाहन्छौं । विकासलाई स्थानीय जनतासँग जोडी समुन्नत एवं समृद्ध समाज निर्माणमा हाम्रो सदैव साथ रहने छ । विधानतः हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वहारा श्रमजीवी जनताको पार्टी हो । हामी सर्वहारा वर्गप्रति समर्पित भई पार्टीको विधान, नीति र नेतृत्वप्रति प्रतिबद्धता व्यक्त गर्दछौं ।
धन्यवाद ।
– प्रकाश कँडेल, भैरब बस्ताकोटी