चितवनमा प्रहरी प्रमुखको प्रभाव

चितवन÷जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले चितवनमा शान्तिसुरक्षाको स्थिति सुधार्न विभिन्न प्रयासको थालनी गर्नभएको छ । जेठ १५ गते यहाँका लागि बहाल हुनुभएका प्रहरी उपरीक्षक मल्लको सक्रियता देखेर चितवनवासी दंग परेका छन् । निकै हँसिलो र रवाफिलो व्यक्तित्त्वका धनी मल्लले जिल्लामा नागरिक–प्रहरी साझेदारी कार्यक्रमलाई महत्त्व दिन थालेपछि नागरिकले थप जिम्मेवारी महसुस गर्न थालेका छन् । उहाँको प्रभावले जिल्लाका कतिपय स्थानका युवापिढी लागूऔषध दुव्र्यसनमुक्त ठाउँ घोषणा गर्ने वातावरण निर्माणमा जुटेका छन् ।
नागरिक प्रहरी साझेदारी कार्यक्रमको अन्तरक्रियामा प्रहरी उपरीक्षक मल्लले गास, वास र कपासको व्यवस्थापन गर्न सुरक्षा व्यवस्था राम्रो हुनुपर्ने बताउँदै भन्नुभयो–सुरक्षा भएपछि विकास हुन्छ । विकास भएपछि समृद्धि अनि बल्ल समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुन्छ । त्यसैले यस दिशातर्फ अघि बढ्न नेपाल प्रहरीमा जवाफदेहिता बढेको छ । सोही जवाफदेहिता अन्तर्गतको कार्यक्रम नागरिक–प्रहरी साझेदारी कार्यक्रम हो । यस कार्यक्रमले विनावर्दीका प्रहरी मानिने समाजका सचेत नागरिकलाई पनि समाजमा अमनचयन कायम गर्ने कार्यमा टेवा पु¥याउन जिम्मेवार र जवाफदेही बनाउने उहाँको धारणा थियो ।
भरतपुर महानगरपालिका वडा नं. १६ शान्तिचोकमा केही दिनअघि सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी इन्द्रबहादुर बस्नेत, रामशरण पण्डित, मिनबहादुर बस्नेत, सुरेन्द्र विक.,प्रहरी सहायक निरीक्षक रञ्जित केसी र भानुभक्त सापकोटालगायतले राम्रो कामका लागि नागरिक–प्रहरी साझेदारीको अवधारणा आएकोमा खुशी व्यक्त गर्नुभयो । प्रहरी प्रमुख मल्लबाट सोही दिन समिति गठन गर्ने उद्देश्य पूरा गर्न निर्देशन दिइए पनि त्यसपछिको बैठकले समेत समिति गठन गर्न नसक्दा स्थानीयको खुशी अन्योलमै हराएको छ ।
दोस्रो बैठकमा उपस्थित सहभागी रामचन्द्र बस्ताकोटी, श्याम अधिकारी, कृष्ण कँडेल, भैरव बस्ताकोटी, ध्रुब चापागाई लगायतले समिति गठनको अपेक्षा राख्दै प्रस्ताव गरेका थिए । तर किन भएन भन्ने कुरामा स्पष्ट हुन नसकेको असन्तुष्टि पोखेका छन् । स्थानीय स्तरमा दुवै कार्यक्रमको सहजीकरण गर्ने प्रयास यहाँ निर्माणाधीन क्रिकेट रंगशालाका लागि सुरक्षा कमाण्ड गरिरहनुभएका प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठबाट भएको थियो । जिल्ला प्रहरी प्रमुख मल्लले हामीसँगको पछिल्लो भेटमा साझेदारी कार्यक्रमले टोल टोलमा सजगता, सतर्कता र सचेतना जगाउने भएकाले जिम्मेवार भएर लागि पर्न सुझाउँदै यो कार्यक्रम स्थानीयवासिन्दाकै सुरक्षाको हितमा रहेको बताउनु भयो ।