१५ सय ७७ जना भूकम्पपीडितले लिए सहुुलियत कर्जा
काठमाडौ । २०७२ बैशाख १२ गतेको शक्तिशाली भुकम्पमा परी घरवासबिहीन भएका व्यक्तिहरु मध्ये हालसम्म एक हजार पाँच सय ७७ जनाले सहुुलियत कर्जा लिएको राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकका अनुुसार चालुु आर्थिक बर्षको पछिल्लो १० महिनाको अनुुपातमा १५ सय ७७ जना ऋणीले दुुई अर्ब ५१ करोड रुपैयाँ सहुलियत कर्जा लिएका हुुन् ।
राष्ट्र बैंकले भुुकम्प पीडितहरुको पुनर्वासको लागि काठमाडौ उपत्यकाभित्र अधिकतम २५ लाख र उपत्यकाबाहिर अधिकतम १५ लाख रुपैयाँ सहुुलियत कर्जा दिने नीतिगत व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार राष्ट्र बैैकले भुकम्प पीडित ग्राहकको तर्फबाट कर्जा माग गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुलाई शुन्य व्याजदरमा कर्जा उपलब्ध गराउने र त्यस्तो कर्जालाई सम्बन्धित बैंक तथा फाईनान्स कम्पनीहरुलाई दुुई प्रतिसत व्याजमा कर्जा दिने व्यवस्था गरेको थियो । राष्ट्र बैकका अनुसार उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७६ बैशाख मसान्तसम्ममा राष्ट्र बैंकको २५ अर्ब २८ करोड पुनर्कर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा २१ अर्ब ५४ करोड र निर्यात पुनरकर्जा एक अर्ब १९ करोड उपयोग भएको छ ।
राष्ट्र बैंकका अनुसार चालुु आवको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १५ हजार पाँच सय ४७ जना ऋणीको २७ अर्ब ४२ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी सो कार्यविधिमा व्यवस्था भएका अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये चार सय ७६ जना ऋणीको २२ करोड ६१ लाख कर्जा बक्यौता रहेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल एक अर्ब १६ करोड ब्याज अनुदान प्रदान गरेको राष्ट्र बैकले जानकारी दिएको छ ।