धोनी आउट हुँदा प्रशंसकको मृत्यु
क्रिकेट विश्वकपबाट भारत बाहिरिएको पीडा कोलकाताका एक प्रशंसकले सहन नसक्दा मृत्यु भएको छ । विश्वकपको सेमीफाइनलमा चेज गरिरहेको भारतीय टीमले रविन्द्र जडेजा र एमएस धोनीको शानदार साझेदारीले भारतको जीतको आशा जगाएको थियो । तर जडेजा अनि लगत्तै धोनी आउट भएपछि भारतीय टीमका प्रशंसकहरू उदासीको लहरमा डुब्न पुगे ।
रोमाञ्चक भिडन्त चरममा पुग्दै गर्दा साइकलपसले श्रीकान्त मैती आफ्नो पसलमा बसेर मोबाइलमा खेल हेरिरहेका थिए । अन्तिम ११ बलमा भारतले २५ रन बनाउनुपर्ने थियो । ४९औं ओभरको दोस्रो बलमा कुनै रन बनेन । तेस्रो बलमा धोनीले एक रन तीव्रताका साथ दौडिए र दोस्रो रन लिन कुदे । तर मार्टिन गप्टिलको सीधा थ्रोले धोनीको विकेट उडाइदियो र उनी सानो मार्जिनले रनआउट भए । गप्टिलको यही थ्रोले टीम इन्डियाको आशामा तुषारापात गरिदियो । पसले श्रीकान्तले पनि यो पीडा सहन सकेनन् र धोनी आउट भएसँगै ढलेका श्रीकान्तको केही समयपछि नै मृत्यु भएको बताइएको छ ।