सर्वोच्चको आदेशपछि विषादी परीक्षण शुरु
काठमाडौं । सरकारले भारतलगायतका देशबाट भित्रने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न सूरु गरेको थियो । तर भारतीय दवाव अनि भौतिक पूर्वाधार नभएकाले ६ महिनालाई विषादी परीक्षण स्थगित गरेको थियो । विषादी परीक्षण रोकिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
यसैवीच सर्वोच्च अदालतले सीमा नाकामा विषादी परीक्षणसम्बन्धी मन्त्रिपरिषदको पछिल्लो निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि भारतबाट आयात हुने तरकारी र फलफुलमा विषादी परीक्षण शुरु भएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार कालिमाटी, बिराटनगर, बिर्तामोड, बुटवल तथा नेपालगञ्ज नाकाबाट भित्रिएका तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएको छ ।
त्यस्तै विषादी परीक्षण केन्द्र कालीमाटीले कालिमाटी तरकारी तथा पलफूल बजार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पठाएको नमूना केन्द्रले परीक्षण गरिरहेको बताइएको छ ।