निर्मात्री बन्दै नीता
काठमाडौं । नायिका नीता ढुंगाना पनि निर्मात्री बन्ने भएकी छिन् । लभस्टोरी जानरामा निर्माण गर्ने बताइएको छ । अहिलेलाई फिल्मको नाम ‘माया’ राखिएको छ । तर पछि नाम परिवर्तन हुन सक्ने उनी निकट एक कलाकारले बताएका छन् ।
फिल्मको मुख्य भूमिकामा कोशिश क्षेत्री र नीता आफै रहने बताइएको छ । चलचित्रको कथा र संगीत कोशिसकै भएको बताइएको छ । उनी चलचित्रको कथालाई अन्तिम रुप दिनका लागि जुटिरहेको बताइएको छ ।
पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैली देखाउने यो चलचित्र भदौको दोश्रो साताबाट छायांकन सुरु गरिने नायिका तथा निर्मात्री ढुंगानाले बताएकी छिन् । फिल्मलाई समुद्र भट्टले निर्देशन गर्नेछिन् । चलचित्र ‘आधा पेज’ बाट निर्देशनमा डेब्यू गरेकी भट्ट हालै क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् ।
फिल्मलाई सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशक भट्टले बताएकी छिन् ।