बुद्धको शालिक भत्काइएको विरुद्ध चितवनमा विशाल र्याली

चितवन÷गौतम बुद्धका अर्धकदका शालिक भत्काइएको विरुद्धमा उत्रेको ¥याली हेरेर कसैले भने अहिलेसम्मकै ठूलो ¥याली । कसैले भने ओहो कति लामो ¥याली । अनि कसैले भने झिलिमिली हेर्दा नै आनन्द लाग्ने । कसैलाई फोटो खिच्ने आतुरी त कसैलाई सेल्फी हान्नै हतार । ¥यालीमा जनजातिमात्र थिएनन् केही आर्य त केही मुस्लिम पनि थिए । बुधबार पूर्वान्ह ११ः३० मा तीनखोले गुम्बाबाट शुरु भएको ¥याली पोखरा बसपार्क हुँदै पुल्चोकबाट चौबिसकोठी र जिल्ला प्रहरी कार्यालयबाट जिल्ला प्रशासन कार्यालय चितवनमा आइपुग्दा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दिनुभएको निर्धारित समय अरान्ह १ः३० भएको थियो । लामबद्ध ¥यालीले गोलबद्धमा परिणत हुँदै प्रजिअ बस्नेतमार्फत प्रधानमन्त्री केपी ओलीका नाममा ज्ञापनपत्र बुझायो । ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले भन्नुभयो, म यो ज्ञापनपत्र आज तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पु¥याउने छु र तपाईंहरूको माग सम्बोधन हुने गरी काम हुने विश्वास पनि लिएको छु ।
ज्ञापनपत्र बुझाएपछि पारस बसपार्कमा पुगेर कोणसभाको रूप लिएको उक्त ¥यालीलाई सम्बोधन गर्दै धर्मगुरु पेमा लामा (गुरुङ) ले लुम्बिनी क्षेत्रमै स्वयं बुद्ध भगवानको मूर्ति तोडिदा एक सातासम्म त्यस्ता तत्वलाई कार्वाही गर्न नसक्नु सरकारको अकर्मण्यताको पराकाष्ठ हो भन्नुभयो । यो स्थिति अझै एक साता कायम रहे त्यसपछिको आन्दोलन कडा हुने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिदै गुरुले सरकार शान्ति सुरक्षा कायम गर्ने सवालमा चुक्दै गएकाले देशमा विषम् परिस्थिति देखापरेको संकेत गर्नुभयो ।
मन्तव्यमा गुरुले जीवित बुद्धका नाममा रामबहादुर बम्जन समूहको गतिविधि शंकास्पद भएको तर उनलाई आरोप लागेका घटनामा अनुसन्धान भईरहेको भनी जोगाउने काममात्र गरिएकोमा असन्तुष्टि पोख्दै छिट्टै सत्यतथ्य बाहिर ल्याउन जोडदार माग गर्नुभयो । सोही सभाको विसर्जन मन्तव्यमा अर्का धर्मगुरु प्रेमदोर्जे लामाले शान्तिका अग्रदूत गौतमबुद्धको शालिकमाथिको आक्रमण संसारकै बौद्धमार्गीको आक्रमण भएको र यस्तो घृणित कार्य गर्नेलाई समयमै कार्वाही नभए ती तत्वले भोलिका दिनमा मठ मन्दिर मस्जिद र चर्च जहाँसुकै आक्रमण गरेर धर्म संस्कृतिमाथि नै प्रहार गर्ने खतरा नटर्ने जनाउ दिनुभयो ।
शान्तिपूर्ण विरोध ¥यालीमा बौद्धमार्गीका दर्जनौं संघसंस्थाको सक्रिय सहभागिता थियो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्गत ६ लेन सडकमा हालसालै प्रतिस्थापन गरिएका गौतम बुद्धका अर्धकदका केही शालिक साउनको शुरुमै भत्काइएको छ । यसबारे थप जानकारी आउन नसक्दा बौद्धमार्गीका अलावा अन्य धर्मावलम्बी पनि दुःखित छन् । गौतमबुद्धलाई भगवानका रूपमा ग्रहण गर्नेको संख्या संसारका अन्य मुलुकमा पनि बढ्दै गएको छ । संसारले हेर्ने आँखामा गौतमबुद्धका कारण नेपाल शान्तिभूमि हो भन्ने मान्यता रहिआएको छ ।